पूर्वाग्रह केन्द्रित समाचारहरुको भ्रममा नपर्न एनआरएनए यूकेको आग्रह

SHARE:

लन्डन माघ २७ । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले आफ्ना प्रमुख संरक्षक तथा पूर्वअध्यक्ष मे.रि. डमर घले तथा पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगीमगरलाई जोडेर आएका आर्थिक अनियमिततासम्बन्धी समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

अध्यक्ष पुनम गुरुङले मंगलबार विज्ञप्ति जारी गर्दै संघका तत्कालीन प्रमुख निर्वाचन आयुक्त घलेले निर्वाचन समितिको कोषाध्यक्षमार्फत सम्पूर्ण आयव्यय तत्कालीन कार्यसमितिसमक्षा बुझाइसकेको र सचिव एवं पत्रकार महासंघ बेलायतका अध्यक्ष मगर पनि कोष सञ्‍चालनमा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारिसकेको र संघले आर्थिक पारदर्शिताको सवालमा जाँचबुझ समिति बनाइसकेको अवस्थामा सामाजिक व्यक्तिहरुमाथि आर्थिक अनियमितताका विषयमा छापिएका समाचारहरु खेदपूर्ण रहेको बताएकी छन् । ‘गत कार्यकालको आर्थिक पारदर्शिताको सवालमा एनआरएनए यूकेद्वारा जाँचबुझ समिति समेत गठन गरेर समितिले यस सम्बन्धी जाँचबुझलाई अगाडि बढाएको अवस्थामा समाजसेवामा आबद्ध व्यक्तिहरुमाथि आर्थिक अनियमितता जस्तो संवेदनशील विषयमा यस्ता समाचारहरु आउन आफैंमा खेदपूर्ण छ’, विज्ञप्तिमा भनिएको छ ।

एनआरएनएक यूकेले विभिन्न आग्रह पूर्वाग्रह केन्द्रित भएर आएका समाचाहरुको भ्रममा नपर्न सम्पूर्ण बेलायतवासी नेपालीहरुलाई अनुरोधसमेत गरेको छ । साथै पत्रकारितामा लागेका सम्बन्धित व्यक्तिहरु सत्य तथ्य र प्रमाणित सामाग्रीहरु सम्प्रेषित गर्नका लागि सचेत रहनु पर्ने समेत स्मरण गराइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!