प्रवासी नेपाली एकता मञ्च बेलायतले मार्च ८ तारिखमा अन्तर्राष्ट्रिय नारी दिवस मनाउने

SHARE:


 

लन्डन फागुन ९ । प्रवासी नेपाली एकता मञ्च बेलायतले आगामी मार्च ८ तारिखका दिन अन्तर्राष्ट्रिय नारी दिवस मनाउने भएको छ ।

अध्यक्ष भक्त गुरुङ समूहको प्रवासी नेपाली एकता मञ्चको पहिलो बैठकले दिवस मनाउने निर्णय गरेको हो । २१ फेब्रुअरी  आइतबारका दिन बसेको भर्चुअल बैठकले उपाध्यक्ष एवम् महिला विभाग प्रमुख सरस्वती केसीको संयोजकत्वमा २७ सदस्यीय आयोजक समिति पनि गठन गरेको छ ।

नारी दिवसका दिन नेपालबाट प्रमुख अतिथि रहनेछन् भने विश्वभरका नेपाली महिला नेतृहरुको पनि उपस्थिति रहनेछ । बैठकले मञ्चको महिला विभाग गठन गरी एकता मञ्चलाई प्रभावशाली बनाउने निर्णय पनि गरेको छ ।

साथै बैतडीमा बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको दुखद् निधनप्रति दु:ख व्यक्त गर्दै परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । भक्त गुरुङको अध्यक्षतामा बसेको बैठकलाई महासचिव सुरेशजंग शाही र सरस्वती केसीले सञ्चालन गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!