लन्डन फागुन २२ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान यूके शाखाले लोकगायक स्व. बद्री केसीप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।
शाखाका अध्यक्ष टंक शेरचनको अध्यक्षतामा भर्चुअल शोकसभाको आयोजना गरी गायक केसीप्रति श्रद्धाञ्जली अर्पण गरिएको हो । शोकसभामा गैर आवासीय नेपाली संघ यूकेका अध्यक्ष पुनम गुरुङ, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष रमेश बिजी, गण्डकी प्रदेश समितिका अध्यक्ष सुरेन्द्र गुरुङ, बेलायतस्थित विभिन्न संघ संस्थाका प्रतिनिधी, पत्रकार लगायतको उपस्थिति रहेको थियो ।
केसी गत जनवरी ९ तारिखमा आफैले काम गरिरहेको स्कुलको प्राङ्गणमा मृत फेला परेका थिए । उनको शव नेपाल पुर्याएर अन्येष्टि गरिएको थियो । बेलायतको नेपाली समाजमा गायक केसी निकै चर्चित र लोकप्रिय थिए । शोकसभामा महासचिव रत्न शाही, कोषाध्यक्ष सञ्जय नेपाली लगायतले बोलेका थिए ।






