पहिरोपीडितका घर बनाउन पर्वत वेलफेयर सोसाईटी यूकेले दियो दोस्रो किस्ता

SHARE:

चैत ४ पर्वत । पर्वत वेलफेयर सोसाईटी यूकेले पहिरो पीडितको घर निर्माणका लागि दोस्रो किस्ताको आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

गत जेठ ३१ गतेको पहिरोले परिवार र घरवास गुमाएका अम्मर थापा र गणेश विकको घर बनाउन पर्वत वेलफेयर सोसाईटी यूकेमार्फत प्राप्त दुई लाखमध्ये अमरलाई एक लाख र गणेशलाई एक लाख रुपैयाँ मंगलबार कुश्मा नगरपालिकाका नगरप्रमुख रामचन्द्र जोशीबाट हस्तान्तरण गरिएको पर्वत वेलफेयर सोसाईटी यूकेका कोषाध्यक्ष कुलराज गुरुङले जानकारी दिए । पर्वत वेलफेयर सोसाईटी यूकेले अन्तर्राष्ट्रिय पर्वत समाजको समन्वयमा पहिरो पीडितको पुन:स्थापनामा सहयोग गर्ने अभियान चलाएको छ ।

नगरप्रमुख जोशीले रकम हस्तान्तरण गर्दै प्रवासी नेपालीहरुको यो सहयोगले पहिरो पीडितलाई राहत मिलेको बताए । उनले प्राप्त सहयोगका कारण पीडितको घर चाँडै बनेर सुरक्षित घर प्राप्त हुने क्रममा रहेको अवगत गराए । पीडित गणेश विक र अमर थापाले घर निर्माणको काम अन्तिम चरणमा पुर्‍याएका छन् । पहिरो गएलगतै पर्वत वेलफेयर सोसाईटीका संरक्षक एवं तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङले पीडितको समस्या बुझेर पुन:स्थापनाका लागि सहयोग गर्ने बाचा गरेका थिए । दुर्लुङ घर भई हाल यूकेमा रहेका गुरुङको सल्लाहमा पर्वत वेलफेयर सोसाईटीले दुर्लुङ पहिरो पीडितलाई घर पुनर्निर्माणमा सहयोग गर्ने योजना बनेको थियो । उनले आफूहरुले गाउँको दुखमा समाहित भएर थोरै भए पनि राहत दिलाएको बताएका छन् ।

पर्वत वेलफेयर सोसाईटी यूकेका अध्यक्ष नेत्र आलेले आफ्नो संस्थाले पीडित व्यक्तिहरुको उत्थान गर्दै आएको बताए । उनले दुर्लुङका पहिरो पीडितको पुन:स्थापनामा गरिएको सहयोगले आत्मसन्तुष्टि मिलेको बताए ।

दुर्लुङमा पहिरोका कारण दुई परिवारको ९ जनाको मृत्यु भएको थियो भने घरगोठ, पशुचौपाय सबै सखाप भएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!