एनआरएनए युकेको नयाँ सदस्यताका लागि अप्रिल १ देखि आवेदन शुरु हुने

SHARE:

लण्डन चैत ११ ।

गैरआवासीय नेपाली संघ एनआरएनए बेलायतको नयाँ सदस्यताका लागि आवेदन अप्रिल १ देखि शुरु हुने भएको छ ।

कार्यसमितिको सोमबार बसेको बैठकले सो निर्णय गरेको महासचिव फडिन्द्र भट्टराईले जानकारी दिए । सदस्यता शुल्क १० पाउण्ड कायम गरिएको छ भने सदस्यता शुल्क संघको खातामा अनलाइन कारोबार मार्फत हुनु पर्नेछ । यस्तै, सदस्यता आह्वान एनआरएनए केन्द्रको सदस्यता प्रणालीअनुसार गरिनेछ । यसबाट पहिले जस्तो बोरा बोरामा सदस्यता ल्याउने प्रवृत्ति कम हुने अपेक्षा गरिएको छ ।

बैठकले एनआरएनए युकेमा आर्थिक अनियमितता भएको बारेमा अध्ययन गर्न गठित कार्यदलले दिएको प्रतिवेदनलाई ग्रहण गर्दै आवश्यक अध्ययनपछि संघले आफ्नो धारणा सार्वजनिक गर्ने बताइएको छ । संघकी अध्यक्ष पुनम गुरुङको अध्यक्षतामा भएको सो बैठकमा आइसिसीका महासचिव डा। हेमराज शर्मा, आईसीसी सस्यहरु रामशरण सिंखडा, शुसिला राई , दयानिधी सापकोटा, अर्कराज तिम्सेना, योगकुमार फगामी, सुरोज मास्केको पनि उपस्थिति रहेको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!