नेपाली एकता मञ्च यूकेद्वारा मार्च २८ मा भर्चुअल प्रशिक्षण आयोजना

SHARE:

लन्डन चैत १२ ।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली निकट नेपाली एकता मञ्च यूकेले यही मार्च २८ तारिख आइतबार पार्टी प्रशिक्षण कार्यक्रममा आयोजना गरेको छ ।

जुममार्फत हुने जनताको बहुदलीय जनवाद र समसामयिक राजनीतिका विषयमा पार्टीका केन्द्रीय नेता राजेन्द्र गौतम र समृद्ध नेपाल, सुखी नेपाली (मार्क्सवादी दृष्टिकोणका विषयमा केन्द्रीय नेता रामबहादुर रावतले प्रशिक्षण दिने कार्यक्रम रहेको मञ्चका अध्यक्ष भक्त गुरुङले जानकारी दिए ।

उनले कार्यक्रममा सहभागिताका लागि आमन्त्रण गर्दै कार्यक्रमको प्रस्तुतिपश्चात् प्रश्नोत्तर पनि राखिएको जनाए । कार्यक्रमलाई प्रवासी नेपाली एकता मञ्च यूकेको बैचारिक अनुसन्धान विभागका प्रमुख बालकृष्ण भुसालले संयोजन गरेका छन् ।

कार्यक्रममा Meeting ID: 859 5598 0343 Passcode: 2021 यो आइडी मार्फत सहभागी हुन आग्रह गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!