गोरखा भूतपूर्व सैनिकहरुको पेन्सन बेलायत सरकारले बढायो

SHARE:

लन्डन चैत १९ ।

बेलायत सरकारले गोरखा भूतपूर्व सैनिकहरुको पेन्सन बढाएको छ ।

यस वर्ष नेपालमा बढेको महँगीलाई समायोजन गर्न यही अप्रिलदेखि २.९३ प्रतिशत पेन्सन वृद्धि गरिएको बेलायती रक्षा मन्त्रालयले जनाएको छ ।
जसअनुसार सबैभन्दा कम पेन्सन थाप्नेहरुले अप्रिल १ देखि २३ हजार ६४७ रुपियाँ ५१ पैसा भारतीय रकम बराबरको पेन्सन पाउनेछन् ।

बेलायतले भारतीय सेनाको पेन्सनलाई आधार बनाएर गोरखाहरुलाई पेन्सन दिने भएकाले अहिले बढेको पेन्सन पनि भारतीय मुद्रामा नै छ । जसलाई अहिलेको प्रचलित सटही दर अनुसार १ भारतीय मुद्राको १.६ नेपाली रुपियाँ हिसाब गरिएको छ । बेलायत सरकारले हरेक वर्षको अप्रिल महिनामा पेन्सन हेरफेर गर्ने गरिएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!