एनआरएनए यूकेद्वारा एमआइएस सिस्टमबाट पञ्‍चीकृत सदस्यता वितरण सुरु

SHARE:

लन्डन चैत २० । गैरआवासीय नेपाल संघ (एनआरएनए यूके) ले १ अप्रिल बिहीबारदेखि एमआइएस सिस्टमबाट पञ्जीकृत सदस्यता वितरण शुरु गरेको छ ।

अहिले शुरुमा वेव भर्जन (कम्प्युटर, डेस्कटप वा ल्यापटप) बाट प्रक्रिया सुरु गरिएको र छिट्टै स्मार्टफोन (आइओएस, एन्ड्रोइड) मा समेत उपलब्ध गराउन प्रयासरत रहेको संघले एक सूचनामार्फत जनाएको छ । सदस्यता लिने समयसीमा आउँदो १० जुनसम्म तोकिएको छ भने शुल्क १० पाउण्ड छ ।

एनआरएनए यूकेलाई थप व्यवस्थित बनाउन उक्त प्रविधि शुरु गरिएको संघकी अध्यक्ष पुनम गुरुङ र महासचिव फडिन्द्र भट्टराईले बिहीबार जारी गरेको सूचनामा उल्लेख छ ।

 

 

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!