बिसीसी युकेले धार्मिक पूजापाठका साथ नयाँ वर्ष मनायो

SHARE:

लण्डन वैशाख २ । बुद्धिष्ट कम्युनिटी सेन्टर (बिसीसी) युकेले धार्मिक पूजापाठ गर्दै नयाँ वर्ष २०७८ मनाएको छ । बुधबार दिउँसो २ बजे बिक्रम सम्वत २०७८ लाई बौद्ध परम्परामा अत्यन्त महत्व राख्ने आयू पूजाको आयोजना गरी मनाइएको हो ।

विश्वभर छरिएर रहेको प्रत्येक मानव जातिको सुख, शान्ति, सुस्वास्थ्य, दीर्घायूको कामना सहित गुम्बा परिसर भित्र आयोजना गरिएको उक्त आयू पूजामा गुम्बाका धर्म गुरु टुल्कु रिन्पोछे जिग्मे र खेन्पो कुन्ख्यापले धार्मिक पूजा पाठ गरेका थिए । उक्त पूजामा खेन्पो कुन्ख्यापले आयू पूजा बारे जानकारी दिएका थिए । उक्त पूजामा १५० वटा भन्दा बढी दिपप्रज्ज्वलन गरिएको थियो भने करीब ४८ जना भक्तजनहरुले गुरु दक्षिणा तथा च्यारिटीका लागि आर्थिक सहयोग समेत गरेका थिए ।

भर्चुयली (जुम) रुपमा सम्पन्न उक्त पूजा तथा .दिप प्रज्ज्वलन पश्चात शुभकामना आदानप्रदान गरेका थिए । सो अवसरमा बिसीसी युकेका अध्यक्ष धर्म तामाङ्ग, संस्थापक अध्यक्ष ले.रि. काजी शेर्पा, निवर्तमान अध्यक्ष नरेश गुरुङ, सल्लाहकार मेजर खुशीमान गुरुङ, सल्लाहकार जंग बहादुर गुरुङ, बिसीसी युके आमा समूह अध्यक्ष उर्मिला गुरुङ, आमा पूर्व अध्यक्ष ज्ञानुमाया गुरुङ लगायतले अहिलेको कोरोना महामारी र यसबाट उब्जेका असहज परिस्थितिहरुबाट चाँडै मुक्त होस् र सर्ब प्राणीहरुमा सुख, शान्ति, समृद्धिको कामना गर्दै नयाँ बर्ष २०७८ को शुभकामना दिएका थिए ।

त्यस्तै, बिसीसी युके आमा समूहकी उपाध्यक्ष जगना गुरुङ, लाल कुमारी गुरुङ, जयन्ती गुरुङ, सुन्दरी तामाङ्ग लगायतले गीत, कविता तथा मन्त्र मार्पmत शुभकामना मन्तब्य व्यक्त गरेकी थिईन् ।

बिसीसी युकेका अध्यक्ष धर्म तामाङ्गको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई महासचिव क्या. देव घले र आमा समूहकी सचिव शारदा गुरुङले संचालन गरेका थिए । उपाध्यक्ष हर्क गुरुङले धन्यवाद ज्ञापन गरेका थिए ।

स्मरण रहोस्, आफ्नो भाषा, कला, धर्म र संस्कारको संरक्षण तथा सम्वद्र्धन गर्दै बौद्ध दर्शनलाई फैलाउने उद्देश्य अनुरुप स्थापना भएको बिसीसी युकेले थुप्रै च्यारिटीमूलक कार्यहरु गर्दै आएको छ । साथै, उक्त पूजाबाट बचत भएको रकम समेत च्यारिटीमूलक कार्यमा खर्च गरिने बिसीसी युकेले जनाएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!