यशोदा तमुस्यो
लन्डन वैशाख ११ । तमु धिं आमा समूहले ५ किलोमिटर दूरीको क्यान्सर रिसर्च रेस फर लाइफ सम्पन्न गरेको छ ।
रेस फर लाइफ २०२१ शनिबार २४ अप्रिलका दिन बिहान १०:१० सुरु भएको दौडमा तमु धिं आमा समूहबाट २४ जना सहभागी भई सहयोग गरिएको हो । यो सत्कार्यका लागि तमु धिं आमा समूहले संकलन गरेको २ हजार ४ सय ६१ पाउन्ड क्यान्सर रिसर्च रेस फर लाइफलाई सहयोग गर्न सफल भएको तमु धिं आमा समूहकी यशोधा गुरुङले जानकारी दिइन् ।
क्यान्सरलगायत अन्य रोगको विरुद्ध जनचेतना जगाउने अभिप्रायले हरेक वर्ष स्प्रिंगमा हुने क्यान्सर रिसर्च यूके रेस फर लाइफ कोभिड १९ महामारीका कारण शनिबार भएको हो । दौडमा तमु धिं आमा समूह यूकेका दिदी बहिनीहरु र नानीहरुलगायत २४ जना सहभागी थिए ।
दौडमा तमु धिं आमा समूहकी अध्यक्ष मन्जु (सीता) तमुस्यो, संस्थापक अध्यक्ष एवं गैर आवासीय नेपाली संघ (एनआरएनए यूके) की अध्यक्ष पुनम तमुस्यो, कार्यसमितिका कोषाध्यक्ष यमन्ती तमुस्यो, छोरी दिपशिका गुरुङ, सहकोषाध्यक्ष ध्रुव गुरुङ, सचिव लिना गुरूङ, निवर्तमान अध्यक्ष जगतमाया तमुस्यो, सल्लाहकारहरु मन्जु गुरुङ राई, जशु गुरुङ मसेंन्स, पवित्र तमुस्यो, सदस्य तुलसीमाया, यशोदा गुरुङ, नानीहरु जशमिन, जेशिका, जूनेट तमु, तमु धिं लन्डन इकाई आमा समूहकी अध्यक्ष कमला तमुस्यो र निवर्तमान अध्यक्ष एवं अन्तर समाज समन्वय संयोजक डिलमाया तमुस्यो र उपाध्यक्ष देवकला तमुस्यो, उपाध्यक्ष बिनु तमुस्यो, महासचिव गुना तमुश्यो एलाईस, सूजी, लक्ष्मी देवी तमुस्यो आ आफ्नै क्षेत्रमा दगुरी ५ किलोमिटर पूरा गरेका थिए । सलाहकार सुधा तमुस्यो मातृभूमि नेपालबाट सहभागी भई ५ किलोमिटर दौड़ पूरा गरेकी छिन् ।
रेस फर लाइफ यूके अत्यन्त आवश्यक र सफल च्यारिटी इभेन्टमध्ये एक हो, जसले विश्वमा बर्सेनी मिलियन पाउन्ड संकलन गरी विश्वव्यापी २०० थरीका क्यान्सरबाट पीडित महिला, पुरुष र बालबालिकाको उपचार र उन्मुलनमा खर्च गर्ने गर्दछ ।
सन् १९९४ मा लन्डनबाट सुरु भएको रेस फर लाईफमा केवल ७५० महिला सहभागी भएका थिए । तत्पश्चात हरेक साल सहभागी वर्गको गिन्ती वृद्धि भएको र बेलायतभरीका विभिन्न सहरहरुमा विभिन्न समयमा सु-सम्पन्न हुने गर्दछ । तर यो वर्ष कोभिड १९ को महामारी बाबज़ुद पनि शनिबार सम्पन्न गरिएको छ । कार्यक्रमलाई स्पोन्सर गरी साथ दिने सम्पूर्ण सह्र्दयी दाताहरु, तमु धिं यूकेका अध्यक्ष हितकाजी गुरुङ एवं जुम प्रविधिमार्फत लाईभ प्रसारण गरी सहयोग गर्ने वरिष्ठ उपाध्यक्ष हरी गुरुङ एवं उपस्थित उपाध्याक्ष जुमकाजी गुरूङ, तुलराम गुरुङ, पूर्वकोषाध्यक्ष दीपक गुरुङ, फेसबुक लाईभ प्रसारण दिई सहयोग गर्ने सपन इन्टरटेन्टमेन्टका डाईरेक्टर सपनकुमार राई, तमुधिं परिवार आमा समूह परिवारका संस्थापक अध्यक्ष एवं गैरआवासीय संघकी अध्यक्ष पुनम तमुस्यो, तमु धिं आमा समूह लन्डन इकाई, आमा समूह अध्यक्ष कमला गुरूङ एवं पूर्वअध्यक्ष दिलमाया गुरूङ र सबै टीम आफन्त इष्टमित्र साथी संगिनीहरु आफ्नै परिवारका यो आफ्नोपन यो हौसला सहयोगका लागि र हार्दिक आभार प्रकट गरिएको छ ।
सामिन गुरुङ र छोरी विनिता गुरुङलाई आमाहरुलाई मीठो खाजा खुवाएकोमा पनि धन्यवाद दिइएको छ ।






