एमाले स्थायी कमिटी सदस्य बडाल र थापाद्वारा प्रवासी नेपाली एकता मञ्चलाई प्रशिक्षण

SHARE:

लण्डन वैशाख १३ ।

नेकपा एमाले स्थायी कमिटी सदस्य केशव बडाल तथा केन्द्रीय सदस्य मनोज जंग थापाले प्रवासी नेपाली मञ्च बेलायतका सदस्यहरुलाई प्रशिक्षण दिएका छन् ।

प्रत्येक महिना शिर्ष नेताहरुबाट प्रशिक्षण गराउने मञ्चको घोषित कार्यक्रम अनुसार यो प्रशिक्षण गरिएको मञ्चले जनाएको छ । प्रवासी मञ्चसंगद्ध रसिया, युएई, साइप्रस, वेल्जियम,हङकङ, लगायत बेलायतका सवै शाखाहरुको बारेमा बोलेका नेता बडालले नेपालको कम्युनिष्ट इतिहाँसको चर्चा गर्दै वर्तमान अवस्थाका बारेमा जानकारी दिएका थिए ।

जुम मार्फत सञ्चालन भएको प्रशिक्षण कार्यक्रममा अर्का केन्द्रीय सदस्य थापाले नेपालमा भएका विभिन्न आन्दोलनका विभिद फाइदा बेफाइदा केलाउँदै अब नयाँ ढंगले विकासवादी आन्दोलन गर्नुर्पे बताएका थिए ।

मञ्चका अध्यक्ष भक्त गुरुङले विभिन्न देशबाट सहभागीहरुको बारेमा जानकारी दिएका थिए । वैचारिक अनुसन्धान प्रमुख तथा संयोजक बालकृष्ण भुषालले सञ्चालन गरेको जुम भेलामा महासचिव सुरज जंग शाही लगायतले बोलेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!