बेलायतमा कोरोना संक्रमित ४ लाख नाघ्यो, पछिल्लो समय संक्रमणमा कमी

SHARE:

लन्डन वैशाख १७ । बेलायतमा कोरोना भाइरस संक्रमितको संख्या ४४ लाख नाघेको छ ।

पछिल्लो २४ घन्टामा २ हजार २ सय ४५ जना नयाँ संक्रमित थपिएसँगै संक्रमितको संख्या ४४ लाख १४ हजार २४२ पुगेको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले जानकारी दिएको हो ।

पछिल्लो २४ घन्टामा २२ जना संक्रमितको मृत्यु भएको छ । योसंगै कोरोना संक्रमणका कारण बेलायतमा मृत्यु हुनेको संख्या १ लाख २७ हजार ५०२ पुगेको छ । कोरोना संक्रमणका कारण सबैभन्दा बढी मृत्यु हुने मुलुकमध्ये अमेरिका, ब्राजिल, मेक्सिको, भारत पछि बेलायत पाँचौं स्थानमा छ ।

बेलायतमा सक्रिय संक्रमितको संख्या ७६ हजार ३९७ छ भने ४२ लाख १० हजार ३४३ संक्रमित निको भइसकेको वर्ल्डओमिटरको तथ्यांकमा उल्लेख छ । अस्पतालमा उपचार गराइरहेका र नयां भर्ना हुनेको संख्यामा पनि उल्लेखनीय कमी आएको छ । हाल भेन्टिलेटर बेडमा उपचार गर्नेको संख्या २०८ छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!