एनआरएनए यूकेको आगामी नेतृत्वका लागि अघि सरे समाजसेवी सुनिल खड्का

SHARE:

लन्डन वैशाख १९ । गैर आवासीय नेपाली संघ (एनआरएनए यूके) का उपाध्यक्ष तथा समाजसेवी सुनिल खड्का आगामी नेतृत्वका लागि अग्रसर भएका छन् ।

बेलायत र छिमेकी मुलुकहरुमा बसोबास गरिरहेका नेपाली समुदायका अग्रजहरुको सुझाव र उपाध्यक्ष रहँदा गरेका सामाजिक गतिविधिले अध्यक्षमा उम्मेदवारी दिन प्रोत्साहित गरेको उनले बताए । बेलायतमा बसोबास गरिरहेका नेपाली तथा एसियन मुलका नागरिकहरुमाझ सहयोग तथा सहृदयी छबि बनाएका खड्का एनआरएनए यूके च्यारिटी विभागका संयोजकका रुपमा कार्यरत छन् ।

अहिले सतहमा आएका अन्य सम्भावित उम्मेदवारहरुको तुलनामा खड्का च्यारिटी कर्ममा अझ बढी सक्रिय रहेकाले र बेलायतमा हुने हरेकजसो नेपाली समुदाय लक्षित कार्यक्रमहरु सक्रिय भइ लागिरहेकाले पनि नेतृत्व लिन उत्साहित भएको खड्काले बताए । एनआरएनए यूकेको एउटा समूह अहिले मुद्दा मामिला र अनावश्यक राजनीतिमा अल्झिरहँदा उनी सदस्यता संख्या विस्तारमा सक्रिय भइरहेका छन् । बेलायतको नेपाली समुदाय राजनीतिक, सामाजिक तथा जातीय रुपमा विभाजित छ । एनआरएनए यूकेभित्रको किचलो त झन् बढी सतहमा आएको देखिन्छ । संघभित्रको आन्तरिक विवादमा समेत आपसी एकतालाई जोड दिंदै नेपाल र नेपालीको हितार्थ पक्षधर खड्काले समाजलाई एक ढिक्का बनाउन, नेपालीका हक हितमा काम गर्न र मातृभूमिको समृद्धिका लागि वास्तविक नेपाली शक्ति परिचालनमा पनि संघको नेतृत्व लिन आवश्यक रहेको बताए ।

वकिङमा बसोबास गरिरहेका सक्रिय उद्यमी तथा समाजसेवी खड्काको च्यारिटी र एनआरएनए अभियानमा लामो समयदेखिको निरन्तर आवद्धता छ । बिगत दुई दशकदेखि बेलायतमा सपरिवार बसोबास गरिरहेका खड्काले लकडाउनका समयमा आफूलाई फेरि निस्वार्थी सामाजिक अभियन्ताका रुपमा प्रमाणित गरेर विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई सहयोग गरेका थिए । अहिले पनि त्यो क्रम जारी छ ।

लकडाउनले विशेषतः हस्पिटालिटी क्षेत्र संकटमा रहेका बेला त्यो पीडा बिर्सेर न्यू हवेली रेष्टुरेन्ट, वेष्ट बाइफ्लीटका सञ्चालक खड्काले कोरोना संक्रमित बिरामीलाई बचाउन अग्रपंक्तिमा खटिएका डाक्टर, नर्ससहित प्रहरी र अन्य क्षेत्रका कामदारलाई हजारौको संख्यामा निशुल्क खाना खुवाएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!