नेपालसहित चार देशका यात्रुलाई यूएई प्रवेशमा रोक

SHARE:

काठमाडौं वैशाख २७ ।

युनाइटेड अरब इमिरेट्स यूएईले नेपालसहित श्रीलंका, पाकिस्तान र बाङ्लादेशबाट जाने यात्रुलाई प्रवेश नदिने भएको छ।

यी देशहरूमा कोभिड–१९ को महामारी विस्तार भएसँगै यूएईको राष्ट्रिय आपत्‌कालीन संकट तथा प्रकोप व्यवस्थापन प्राधिकरणले सोमबार यस्तो घोषणा गरेको हो। यो व्यवस्था आगामी बुधबारबाट लागू हुनेछ। यी देशका नागरिकले यूएई हुँदै ट्रान्जिट गर्न समेत पाउनेछैनन्। तर, यी देशहरू मार्फत यूएई हुँदै हुने ट्रान्जिट उडानहरूमा भने छूट दिइनेछ।

यूएईले आफ्ना नागरिक, आधिकारिक प्रतिनिधिहरू, व्यापारिक उद्देश्यका लागि हुने भ्रमण तथा गोल्डेन भिसावाहकहरूलाई भने रोक लगाइएका देशबाट पनि प्रवेश अनुमति दिनेछ। यद्यपि, उनीहरूले पनि विमानस्थलमा पीसीआर परीक्षण गर्नुपर्ने तथा १० दिन क्वारेन्टिन बस्नुपर्ने नियम तोकिएको छ। यूएई प्रवेश गरेको चौथो र आठौं दिनमा पनि पीसीआर परीक्षण गर्नुपर्नेछ।

यूएईले गत महीनादेखि नै भारतीय यात्रुलाई प्रवेश अनुमति दिन रोकिसकेको छ। यसअघि, बेलायतले पनि नेपालीलाई प्रवेश अनुमति नदिने घोषणा गरेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!