एनआरएनए यूकेको उपाध्यक्षमा राजन खकुरालद्वारा उम्मेदवारी घोषणा

SHARE:

लण्डन जेठ ११ ।

एनआरएनए यूकेको उपाध्यक्ष पदमा बेलायतस्थित नेपाली समुदायका युवा अभियन्ता राजन खकुरालले उम्मेदवारी दिने घोषणा गरेका छन् ।

आगामी जुलाई ३१ मा तय यूके निर्वाचनमा एनआरएनए अभियानका अग्रज, सहकर्मी र शुभेच्छुक सबैको सुझावलाई मनन् गर्दै उपाध्यक्षको जिम्मेवारीका लागि अघि बढ्ने निष्कर्षमा पुगेको उनले बताएका छन् । एनआरएनए यूकेमा हाल सल्लाहकार रहेका खकुरालले विगतमा योगकुमार फगामी नेतृत्वको कार्यसमितिमा सदस्यका रुपमा काम गरेका थिए । कार्यसमितिमा रहँदा संस्थाका हरेक अभियान र प्रोजेक्टमा सक्रियतापूर्वक खटिएका उनले संस्थाको च्यारिटी दर्ताका लागि आवश्यक कोष संकलनको संयोजन समेत गरेका थिए । सोही अभियानमा उनले देखाएको कुशल संयोजनकारी भूमिकाले एनआरएनए यूके वृत्तमा उनलाई सक्षम पात्रका रुपमा धेरैले ‘नोटिस’ गरेका थिए ।

उपाध्यक्ष उम्मेदवारको रुपमा अघि बढेका खकुरालले धेरै महत्वाकांक्षी योजनाहरु बनाएका छैनन्, न त चुनावको मुखमा पूरा गर्न असम्भव ‘बिकाउ’ एजेन्डाहरु नै बांड्ने मनसायमा छन् । खकुराल यसअघि एनआरएनए युवा संयोजक र आइसीसी सदस्यका पदमा पनि चुनावी मैदानमा उत्रिएका थिए । एनआरएनए आइसीसीमा समेत आफ्नो पहुंच बनाउन सफल उनी आइसीसीको कोष परिचालन विभागमा सचिव छन् । अप्रिल २०२० मा उनकै संयोजनमा धादिङबेसीस्थित जिल्ला अस्पताललाई आइसीसीमार्फत् करिब ४ लाख बराबरको स्वास्थ्य सुरक्षा सामग्री सहयोग प्रदान गरिएको थियो ।

कलिलै उमेरमा सक्रिय सामाजिक अभियन्ताको छवि बनाएका उनले अन्य कयौं संघसंस्थामा पनि महत्वपूर्ण जिम्मेवारी सम्हालेका छन् । अन्तरराष्ट्रिय धादिङ समाजका प्रवक्ता खकुरेल बुद्ध फाउन्डेसन यूकेमा कोषाध्यक्ष र नेप्लिज् युथ एशोसिएसन यूकेमा उपाध्यक्ष छन् । खकुरालले संस्थागत र व्यक्तिगत रुपमा समेत थुप्रै च्यारिटी प्रोजेक्टहरु सफलतापूर्वक ‘लिड’ गरेका छन् । सन् २०१५ मा ब्लड क्यान्सरपीडित हेमन्तकुमारी थापालाई साढे दुई लाख उपचार खर्च जुटाइदिएका उनले सन् २०१५ मा महाभूकम्पको बेला बेलायतबाट डेढ लाख सहयोग पठाउन सह(संयोजकको भूमिका खेलेका थिए । खकुरालले सन् २०१६ मा स्पाइनल कर्ड इन्जुरीको उपचारका लागि रमेश मिजारलाई डेढ लाख सहयोग जुटाउने कार्यको पनि संयोजन गरेका थिए ।

धादिङ घर भएका खकुराल २०१० मा बेलायत आउनुअघि काठमाडौं विश्वविधालयबाट ‘जेनेरल मेडिसिन’ पूरा गरेका थिए । अहिले उनी बेलायतको फार्मेसी तथा हेल्थ एन्ड ब्यूटी रिटेलर कम्पनी ‘बुट्स’ मा फार्मेसी असिस्टेन्ट म्यानेजरका रुपमा कार्यरत छन् । आफ्नो पेशा, समाजसेवाका साथै उनी विभिन्न व्यापार-व्यवसायमा पनि संलग्न छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!