लाल पुन

लन्डन जेठ १३ । म्याग्दी प्रवासी नेपाली संघ (मोना यूके)ले नेपालमा तीन वटा अक्सिजन कन्सन्ट्रेटर सहयोग गर्ने भएको छ ।
आइतबार २३ मे २०२१ का दिन जुममार्फत अध्यक्ष दल जुग्जालीको अध्यक्षतामा सम्पन्न भएको मोना यूकेको बैठकले सो निर्णय गरेको हो । बहुधार्मिक र बहुसांस्कृतिका धनी म्याग्देलीहरुमा कोभिड १९ ले पारेको असरलाई बुझेर म्याग्दी प्रवासी नेपाली संघ बेलायतले तुरुन्तै एक अक्सिजन कन्सन्ट्रेटर म्याग्दी पठाइदिने भएको मोनाले जनाएको छ ।
यस्तै अक्सिजन कन्सन्ट्रेटर बराबर ७ सय पाउन्ड गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेमार्फत नेपाली दूतावास लन्डनलाई प्रदान गर्ने र अक्सिजन कन्सन्ट्रेटर मोना अन्तर्राष्ट्रिय संघमार्फत छिट्टै प्रदान गर्ने बैठकल निर्णय गरेको जनाइएको छ । सो रकम मोना यूकेले उठाएको कोभिड १९ को रकम ईमर्जेन्सी कोष (ERF)मा राखिएको रकम खर्च गरिने प्रस्ताव आपतकालीन बैठकले पारित गरेको छ ।
त्यस्तै, बैठकमा बेलायतस्थित जुलाई ३१ मा हुने एनआरएनए यूकेको १० औं अधिवेशनमा म्याग्दीका उपाध्यक्ष ईन्जीनियर तेजिन्द्र रोकाले महासिचव पदमा उम्मेदवारी दिने र मोना यूकेका अध्यक्ष अनिल मल्ल एनआरएनए यूके युवा सहसंयोजकमा उम्मेदवारी दिने जानाकारी दिएका थिए ।
यसैबीच कोभिड १९ पूरा सफा नहुन्जेलसम्म कुनै जमघट नगर्ने गभर्मेन्ट रोडम्यापअनुसार यस वर्ष पनि १० जुलाईमा तोकिएको तेस्रो मोना भलिबल टुर्नामेन्ट स्थगित गर्ने बैठकले निर्णय गरेको छ । बैठकलाई महासचिव लाल पुनले सञ्चालन गरेका थिए ।






