एन आर एन युकेको वेबसाइटमा ह्य़ाकर पसे जस्तो छ ।

SHARE:

                      

 

जयराम तामाङ्ग

लन्डन- गैर आवासीय नेपाली संघ (एन.आर.एन) युके निर्बाचनको गर्मागर्मी भैरहेको बेलामा वेबसाइट भित्र ह्य़ाकर पसेर व्यक्तिगत गोप्याकुरहरु खोतल्ने प्रयास भैरहेको होकी जस्तो मलाइ भान भएको छ । मैले अनलाइन रजिस्टर गर्नु धेरै प्रयास गरे तर घरि पास्वोर्ड मिलेन भन्छ घरि नाम मिलेन भनेर आएपछि मैले गैर आवासीय नेपाली संघ युकेको वेबसाइट्मा गएर फारम प्रिन्ट गर्नु खोज्दा योर कनेक्सन इज नट प्राइभेट (Your conection is not private) भनेर आयो।

त्यसमा हमलाकारीले तिम्रो व्यक्तिगत जानकारीहरु एन आर एन युके मार्फत चोर्ने कोसिस गरेको छ र उदाहरणको लागि पास्वोर्ड, क्रेडिट कार्ड अनि म्यासेजहरु हुन सक्ने भनेर लेखेको थियो। जुन कुरा मैले संग्लग्न गरेर पठाएको छु । मैले नजानेर यस्तो भएको हो या साइटमा केहि खराबी भएको हो यसमा म अनभिज्ञ नै रहेको छु। अहिले सम्म म लगातार नै सदस्य बन्ने कोसिस गरिरहेको छु ।

अब केहि प्रश्नहरु उब्जेको पनि छ। सदस्य बन्नु को मुख्य कारण निर्बाचनमा साथि को साथी अथवा आफन्त, मित्र , आफ्नो नातेदार कसैलाई जिताउने भन्ने उद्देस्य मात्र देखेको छु। सस्थामा बस्नेले त यदि जिती हाल्यो भने कुनै सघ सस्थाले आयोजना गरेको कार्यक्रमा अतिथिको रुपमा अगाडी बसेर खडा लगाउने अनि नेपाल तिर केहि भैपरि आउने आपतबिपत परेको बेलामा पनि त्यहि भोटरहरुबाट उठाएको पैसा लगेर दिदा सम्मान थाप्ने काम बाहेक अरु थप काम खासै मैले देखेको पनि छैन। तर भोटरहरुले चाही केको आशामा प्रतेक दुइ दुइ बर्षमा सदस्य बनेर बस्नु पर्ने हो।

एन आर यानको कार्ड बनाउन पनि महँगो छ। यदि नेपाल गइरहने हो भने त्यो कार्ड लिएर केहि राम्रो होला तर म जस्ता चौध वर्ष सम्म नेपाल नै नजाने मान्छेको लागि त्यो कार्ड लिएर केहि अर्थ पनि हुदैन जस्तो मलाइ लागेको छ। म जस्तै मध्यम बर्गको मानिसहरुले न त नेपाल मा गएर केहि लगानी गर्न सकिन्छ न त आफ्नो सिप लगेर बेच्न सकिन्छ। बल छउन्जेल सम्म हामि बेदेश्मा नै श्रम गर्छौ अनि बल घटी सकेको रस बिनाको कागती जस्तो बुढो शरीर मात्र लगेर मर्न लागेको मान्छेको कुरा कसैले पनि सुन्ने वाल हुदैन। मेरो बिचारमा यो सस्था पुंजीवालाहरुको लागि ठिक होला तर बिहान बेलुका खानको लागि श्रम गर्नेहरुको लागि यो संस्था त्यति ठिक हो जस्तो मलाई लागेको छैन। जे होस् दौडनेहरु को जित भएको होस् मेरो कामना छ।

For More information in this matter, please contact Mr Jayaram Tamang Email:euronepal@hotmail.com

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!