एनआरएनए बेलायतसहित विभिन्‍न देशहरुबाट नेपाल सरकारलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग

SHARE:

लन्डन जेठ २४ । गैरआवासीय नेपाली संघ बेलायतसहित विभिन्‍न देशहरुबाट नेपाल सरकारलाई स्वास्थ्य सामग्री सहयोग भएको छ ।

बेलायत, क्यानडा, अष्ट्रेलिया र चीनले सोमबार भर्चुअल माध्यमबाट हस्तान्तरण कार्यक्रम आयोजना गरी अक्सिजनका ४८३ कन्सन्ट्रेटरलगायत स्वास्थ्य सामग्री स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङलाई हस्तान्तरण गरे । सो अवसरमा मन्त्री तामाङले सरकार जतिसक्दो चाँडो सबै नेपालीलाई कोरोना खोप उपलब्ध गराउने तयारीमा रहेको जानकारी दिए ।

बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीले कोरोना खोपका लागि बेलायत सरकारसँग अनुरोध भइरहेको र छिट्टै नेपाललाई कोरोना खोप उपलब्ध हुने विश्वास दिलाए ।

एनआरएनएकी यूकेकी अध्यक्ष पुनम गुरुङले ९३ गैरआवासीय संघ र ४४ व्यक्तिका आर्थिक सहयोगमा नेपालमा स्वास्थ्य सामग्री पुर्‍याउन सफल भएको जानकारी दिइन् ।

अन्तराष्ट्रिय समन्वय परिषद्का अध्यक्ष कुमार पन्तले आफूहरुले नेपाल पठाएका स्वास्थ्य सामग्री आवश्यकताका आधारमा लक्षित स्थानसम्म पुर्‍याउन आग्रह गरे ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!