लन्डन । सिर्जनशिल लेष्टर नेपाल यूकेको अध्यक्षमा नारायण फुँयाल सर्वसम्मत चयन भएका छन् ।
सोमबार सम्पन्न सातौँ अधिवेशनले फुँयालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो । नवनिर्वाचित कार्यसमितिमा उपाध्यक्ष शिवलाल गौतम, महासचिव पुण्डरी अर्याल, सचिव टिकाराम गौतम र कोषाध्यक्ष मधु पौडेल छन् ।
त्यस्तै, सदस्यहरुमा शान्ति खांड, श्याम ढकाल, हरि सापकोटा, कृष्ण कंडेल, शान्ति अर्याल, वासना भण्डारी, सावित्री नेपाल, माया प्रधान, राम बन्जाडे, सन्त तामाङ, श्रुती बम ठकुरी र सुरेश केसी चुनिएका छन् ।
निर्वाचन समितिका संयोजक एवम् संस्थाका संस्थापक अध्यक्ष राजु कँडेलले सर्वसम्मत निर्वाचित नयाँ समितिको घोषणा गर्दै पदाधिकरीहरुलाई शपथ खुवाएका थिए । नयाँ कार्यसमितिको निर्वाचनपछि प्रमुख अतिथि दयानिधि सापकोटा, विशेष अतिथि साझा नेपाली समाज यूकेका अध्यक्ष कृष्णप्रसाद शर्मा, अतिथि साझा नेपाली समाज यूकेका निवर्तमान अध्यक्ष महेश अधिकारी, संस्थाका संस्थापक अध्यक्ष राजु कंडेल एवम् पूर्व अध्यक्षहरु पशुपति पोखरेल र प्रेम आले मगर लगायतले नवनिर्वाचित कार्यसमितिलाई शुभकामना दिएका थिए ।
त्यसअघि संस्थाका निवर्तमान समितिका अध्यक्ष बलराम चापागाइंको अध्यक्षतामा सिर्जनशिल लेष्टर नेपालको अधिवेशन सम्पन्न भएको थियो । त्यसक्रममा संस्थाको अघिल्लो कार्यकालका प्रगति तथा आर्थिक प्रतिवेदनहरु पेश गरिएको थियो । नयाँ कार्यसमितिको कार्यकाल २ वर्ष रहनेछ ।






