कोरोना भाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन : बेलायती प्रधानमन्त्री

SHARE:

लन्डन २ असार ।

 

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड १९ को भाइरस चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नलागेको बताएका छन् ।

बेलायतका प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन जि ७ को पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका बताइएको छ । उनले सो पत्रकार सम्मेलनमा भनेका थिए– शुरुमा चीनको वुहान शहरको एक ल्याबबाट कोरोना भाइरसको किटाणु लिग भएर निस्किएको भन्ने सुनिएको थियो, तर अहिले आएर हेर्दा त्यो हो जस्तो लाग्दैन ।

सन् २०१९ को डिसेम्बरको अन्त्यतिर आएको एक समाचारमा यसको किटाणु उक्त ल्याबाट निस्किएको भनिएको थियो । विशेष गरेर अमेरिकाले सो कुरा बताएको थियो । तर चीनले भने अमेरिकाको यो दोषारोपण मात्र हो भनेको थियो । विश्व स्वास्थ्य संगठनले पनि चीनमा पुगेरै यस विषयमा अनुसन्धान गरेको थियो ।

उता केही समय अघि बेलायतका विदेश मन्त्री डोमिनिक राबले कोरोना भाइरस जनावरबाट मानिसमा सरेको देखिएको बताएका थिए । उनले यस विषयमा बेलायतका बैज्ञानिकहरुले गरेको एक विशेष अनुसन्धानबाट कोरोना भाइरस जनावरबाट मानिसमा सरेको पाइएको बताएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!