आदिवासी जनजाति महासंघ बेलायतको अध्यक्षमा कर्मा पहाडी शेर्पा निर्वाचित

SHARE:

लन्डन असार ६ । नेपाल आदिवासी जनजाति महासंघ बेलायत (नेफिन यूके) को चौथो अधिवेशनबाट कमान सिङ कर्मा पहाडी शेर्पा अध्यक्षमा निर्वाचित भएका छन् ।

भर्चुअल रुपमा शनिबार सम्पन्न अधिवेशनमा ११ वटा संस्थाको अध्यक्षहरुको मतदानबाट ६ संस्थाको भोट प्राप्त गरि शेर्पा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्दी धन रोगुलाई ४ संस्थाले भोट गरेका थिए । बेलायतमा स्थापित ११ वटा संस्थाहरु महासंघमा आवद्ध छन् । पदाधिकारीहरुमा वरिष्ठ उपाध्यक्ष लिला सेलिङ माबो, उपाध्यक्ष सरला रानामगर, सचिव विमलाकुमारी राई र सदस्यहरुमा क्रमशः विष्णु जिमी, हिमाना दुरा, इन्द्रजंग दुरा, अभिषेक सुनुवार, देबेन्द्र आङबो, शान्त शेर्पा, गनवीर थापामगर, रेन्जी शेर्पा लामा लगायत चयन भएका छन् ।

दुई चरणमा भएको अधिवेशनमा पहिलो चरणमा अतिथिहरुले शुभकामना व्यक्त गरेका थिए । अधिवेशनको बन्द सत्रमा सहमतिको प्रयास सफल हुन नसकेपछि मतदानमार्फत नेतृत्व चयन गरिएको थियो । निर्वाचन परिणाम घोषणालगत्तै अध्यक्षलगायत निर्वाचित पदाधिकारीलाई निर्वाचन मण्डलका संयोजक भक्त दुराले शपथ ग्रहण गराएका थिए । निर्वाचन मण्डलका सदस्यद्वय धर्म तामाङ र थर्क रानाले मतदानको टेक्स प्राप्त गरेका थिए । अधिवेशनमा मोबाइल टेक्स्टमार्फत मतदान गराइएको थियो ।

अध्यक्ष जंगबहादुर सुनुवारको सभापतित्व सम्पन्न पहिलो चरणको कार्यक्रममा नेपाल, यूके र विभिन्न देशमा रहेका महासंघ संग सम्बद्ध संघ संस्थाहरु, एनआरएनए, नेपाल पत्रकार महासंघ बेलायतलगायतका अध्यक्षहरुले अधिवेशनको सफलताका लागि शुभकामना व्यक्त गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!