एफएनजे यूकेको नवनिर्वाचित कार्यसमितिलाई एनआरएनए यूकेको स्वागत

SHARE:


लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपाल पत्रकार महासंघ(एफएनजे) यूके शाखाको नवनिर्वाचित कार्यसमितिलाई स्वागत तथा सम्मान गरेको छ ।एनआरएनए यूकेले शुक्रबार साँझ अल्डरसटस्थित आफ्नै कार्यालयमा एक समारोह आयोजना गरी शाखाको पाँचौं कार्यसमितिलाई बधाई, स्वागत र सम्मान गरेको हो ।त्यस अवसरमा संस्थाका तर्फबाट अध्यक्ष पुनम गुरुङले एफएनजे यूकेका नवनिर्वाचित पदाधिकारीहरुलाई खादा ओढाएर सम्मान गरेकी थिइन् ।समारोहमा शुभकामना मन्तव्य दिंदै अध्यक्ष गुरुङले एनआरएनए यूके र एफएनजे यूकेबीच विगतदेखि हुंदै आएको निकट सहकार्य र पारस्परिक सहयोग नयाँ कार्यसमितिको पालामा थप उचाईमा पुग्ने आशा व्यक्त गरिन् ।

‘हामीबीचको सहकार्य र सहयोग आउँदा दिनमा अझै सुदृढ र बलियो बन्दै जाओस् भन्ने हामी चाहन्छौं । तपाईंहरुको नयाँ कार्यसमिति सोहि दिशामा अघि बढोस् भन्ने हाम्रो शुभेच्छा छ’, अध्यक्ष गुरुङले भनिन्, ‘हाम्रो तर्फबाट जुनसुकै भूमिका र सहयोग आवश्यक परेपनि हामी सधैं तयार छौं ।’राज्यकै चौथो अंगका रुपमा लिइने पत्रकारिता स्वच्छ, निश्पक्ष र समाजका लागि मार्गदर्शक हुनुपर्ने भन्दै उनले बेलायतको नेपाली पत्रकारितालाई अझै बढी परिपक्व, सन्तुलित र जिम्मेवार बनाउनेतर्फ पहल गर्न एफएनजे यूकेलाई सुझाव दिइन् ।पत्रकार महासंघ बेलायत शाखाका नवनिर्वाचित अध्यक्ष ध्रुवराज अर्यालले आफू नेतृत्वको कार्यसमितिलाई एनआरएनए यूकेबाट प्राप्त सम्मान र हौसलाका लागि आभार प्रकट गरे ।बेलायतस्थित नेपाली पत्रकार र नेपाली मिडिया दुवैको स्तरोन्नति आफ्नो प्रमुख प्राथमिकता रहेको भन्दै अर्यालले यहाँको नेपाली पत्रकारिताको विकासमा अभिभावक संस्थाको रुपमा एनआरएनए यूकेको महत्वपूर्ण भूमिका रहने धारणा व्यक्त गरे ।

एनआरएनए अन्तर्राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापनादेखि कोभिड महामारीको बेलामा सञ्चालित स्वास्थ्य संवादसम्म आउँदा एनआरएनए यूके र एफएनजे यूकेबीच घनिष्ठ सम्बन्ध र सहकार्य हुंदै आएको स्मरण गर्दै उनले बेलायतको नेपाली पत्रकारितालाई दिगो र व्यवसायिक बनाउने दिशामा अब दुवै संस्थाको संयुक्त पहल जरुरी रहेको बताए । कार्यक्रममा एनआरएनए यूकेकी उपाध्यक्ष रोजिना प्रधान राई, सचिव जीत रानाभाट, इंग्ल्याण्ड राज्य परिषदका अध्यक्ष दीपक श्रेष्ठ लगायतले बेलायतस्थित नेपाली पत्रकार एवम् मिडियाहरुले समुदायको लागि पुर्याउँदै योगदानको प्रशंसा गर्दै उनीहरुको विकासका लागि जस्तोसुकै सहयोग गर्न आफूहरु तयार रहेको धारणा व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायत शाखाको पाँचौं कार्यसमितिका नवनिर्वाचित वरिष्ठ उपाध्यक्ष दिनेश परियार, उपाध्यक्षद्धय प्रमिला लावुङ राई र शिव भण्डारी, महासचिव नरेन्द्रकुमार बस्नेत, सचिवद्धय मञ्जु भण्डारी र खेमराज रानाभाट, कोषाध्यक्ष सविन्द्रकुमार गुरुङ, सदस्यद्धय गोमा राना र नरेन्द्र नेम्वाङले पनि आ-आफ्नो अनुभवहरु सुनाउँदै बेलायतको नेपाली पत्रकारिता विकासका लागि पत्रकार महासंघ, एनआरएनए र सिंगो समुदायबीच सहकार्यको आवश्यकता औंल्याएका थिए ।

सो अवसरमा क्रियाशिल पत्रकार एवम् सामाजिक अभियन्ता बाचस्पति रेग्मीले पनि बेलायतमा पत्रकारिता गर्दाका आफ्ना अनुभवहरु सुनाएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ बेलायतका संस्थापक अध्यक्ष नवीन पोखरेल, गोर्खा मिडियाका निर्देशक पत्रकार मिलन तमु, पत्रकार महासंघ यूकेका सदस्य जीवन सेन एवम् एनआरएनए यूकेका कार्यसमिति सदस्यहरु ह्यारी गुरुङ, हेम गुरुङ र धनबहादुर सार्की लगायतको सहभागिता थियो ।

कार्यक्रममा उपस्थित हुन नसकेका एनआरएनए यूकेका उपाध्यक्षद्धय प्रेम गाहामगर र सुनिलबाबु खड्काले एफएनजे यूकेको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना सन्देश पठाएका थिए। कार्यक्रमका संचालक एनआरएनए यूके महासचिव फडिन्द्र भट्टराईले महासंघको नयाँ कार्यसमितिलाई कार्य सफलताको शुभकामना व्यक्त गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!