
लन्डन- नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) युके बैठक सम्पन्न भएको छ। बैठकले रिक्त रहेको महासचिब पदमा सचिब भिमल राईलाई महासचिवको कार्यभार सुम्पदै सचिबमा लिला सेलुङ माबो र सदस्यमा रोमियन लिम्बु लाई निर्वाचित गरेको छ। बैठकको अध्यक्षता संस्थाको अध्यक्ष प्रमिला लाबुङ राइको अध्यक्षतामा संचालन संचालन भएको थियो भने नबनियुक्त महासचिब भिमल राईले संचालन गरेका थिए। स्वागत मन्तब्य संस्थाका उपाध्यक्ष गोमा रानाले दिएका थिए भने सल्लाहकारहरु एकिन्द्र गुरुङ, दुत पुन, नगेन्द्र नेम्बाङ, बिमला सेने भक्त दुरा र जमुना पुनले उपस्थिति जनाउदै आ-आफ्नो मन्तब्य राखेका थिए।






