
लन्डन असार १४ । तमु समाज यूकेको आइतबार जुन २७ तारिखमा तमु समाज भवनको भवन बेम्बलीमा भएको १४औं साधारणसभा तथा छैठौं महाअधिवेशनबाट शिवकुमारको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षहरुमा हर्कबहादुर गुरुङ, द्वितीय उपाध्यक्ष भिमबहादुर गुरुङ, तृतीय बिन्दु घले, महासचिव धर्म बल गुरुङ र कोषाध्यक्षमा खेमबहादुर गुरुङ चयन भएका निर्वाचन समितिले जनाएको छ ।
तमु समाज युकेका अध्यक्ष शिवचन्द्र गुरुङको अध्यक्षतामा बसेको वार्षिक साधारणसभा तथा छैठौं महाधिवेशन २०२१, संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ, अध्यक्ष, शिवचन्द्र गुरुङले संयुक्त रुपमा दिप प्रज्वलन गरी शुभारम्भ गरेका थिए ।
दुई चरणमा विभाजित गरिएको कार्यक्रममा, पहिलो चरणको वार्षिक साधारणसभामा महासचिव हर्कबहादुर गुरुङले संस्थाको वार्षिक प्रतिवेदन तथा प्रगती विवरण र कोषाध्यक्ष याम साथै उपाध्यक्ष शिवकुमार गुरुङले आर्थिक प्रतिवेदन निर्णयार्थ प्रस्तुत गरेर सर्वसम्मतिबाट अनुमोदन गरेका थिए । यसैगरी साधारणसभामा विधान संशोधन र आगामी वर्षको कार्यक्रमहरुको बारेमा पनि छलफल गरी निर्णय गरिएको थियो । उपाध्यक्ष कन्याप्रसाद गुरुङले स्वागत मन्तव्य राखेको सभामा संस्थापक अध्यक्ष तथा सल्लाहकार चित्रबहादुर गुरुङ र पूर्वअध्यक्ष शिवशरण गुरुङले शुभकामना मन्तव्य राखेका थिए ।
हेल्थ एण्ड सेफ्टीको बारेमा महासचिव हर्कबहादुर गुरुङले संचालन गरेको पहिले चरणको कार्यक्रममै आमा समूहकी अध्यक्ष बिन्दु गुरुङले आमा समूहको वार्षिक प्रतिवेदन, सल्लाहकार बाबुराम गुरुङले तमु समाज यूके नेपालीज कम्युनिटी सेन्टरको प्रगति विवरण कार्यक्रमको विवरण प्रस्तुत गरेका थिए ।
सौहार्दपूर्ण वातावरणमा संचालन भएको साधारणसभामा सदस्यहरुको बोल्ने क्रममा सबैले समाजको सर्बोपरी हित र भावी कार्यक्रमहरुका निम्ति सकारात्मक सुझावहरु दिँदै हालसम्म भइरहेका कामहरुमा खुसी प्रकट गर्दै पाँचौं कार्यसमितिका सम्पूर्ण पदाधिकारिहरुलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए ।
पहिलो चरण कार्यक्रमको अन्तमा सदस्यहरुको बोल्ने समयमा उठेका केही विषयहरुको बुँदागत छलफल र निर्णय गरिसकेपछि पाँचौं कार्यसमितिकाले तमु समाज यूकेका उपाध्यक्ष शिवकुमार गुरुङलगायत हाउज़िङ समिति, राम्रो सल्लाह दिएकोमा र सलिटा प्रकाशन गर्ने लेखबहादुर गुरुङ र घन्द्रुक समाज यूकेका अध्यक्ष नारायणसिं गुरुङलाई सम्मान पत्र खादा फेटा लगाएर पाँचौ कार्यसमितिका अध्यक्ष शिवचन्द्र गुरुङले साथै संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङबाट सम्मान गरेपछ अध्यक्ष शिवचन्द्र गुरुङले धन्यवाद मन्तव्य राखेर पाँचौं कार्यसमितिको पदावधि समाप्त भएको घोषण गरेका थिए ।
वार्षिक साधारणसभा तथा छैठौं महाधिवेशनको दोस्रो चरणमा तमु समाज युकेको छैठौं कार्यसमिति निर्वाचन कार्यक्रम रहेको थियो । तमु समाज युके निर्बाचन समितिका २०२१ का अध्यक्ष ले थामप्रसाद गुरुङ र सचिव पूर्वअध्यक्ष अर्जुनकुमार गुरुङ, सदस्य, पूर्वकोषाध्यक्ष साथै सल्लाहाकार केदारबहादुर गुरुङले संचालन गरेको दोस्रो चरणको कार्यक्रममा तमु समाज युके छैठौं कार्यसमिति निर्वाचन समिति २०२१ का प्रकाशित कार्यतालिकाअनुरुप सम्पूर्ण निर्वाचन प्रक्रिया पूरा गरी सर्वसम्मतिबाट निर्वाचित गरिएको छैठौं कार्यसमिति गठनको परिणाम घोषणा गरेको थियो । नवगठित तमु समाज युके छैठौं कार्यसमितिको विभिन्न पदहरुमा निम्नलिखित उम्मेदवारहरु निर्बाचित भएका छन् ।
(क) कार्यकारिणी समिति (Executive Committee)
अध्यक्ष: श्री शिवकुमार गुरुङ
उपाध्यक्ष: श्री हर्कबहादुर गुरुङ (१)
उपाध्यक्ष: श्री भिमबहादुर गुरुङ (२)
उपाध्यक्ष: श्रीमती बिन्दु घले, (३)
महासचिब: श्री धर्म बल गुरुङ
कोषाध्यक्ष: श्री खेमबहादुर गुरुङ
(ख) कार्यसमितिका सदस्यहरु (Committee Members)
सचिब: श्री सुब घले
सहकोषाध्यक्ष/ पब्लिक फन्ड संयोजक : श्री रुबिन गुरुङ
संयोजक: श्री कमल बहादुर गुरुङ
आमा समुहाको अध्यक्ष: उमा देवी गुरुँग
युवा समूहको अध्यक्ष: श्री ओमकार गुरुङ
संस्कृतिक सचिव :
मिडिया संयोजक: श्री नारायण सिंह गुरुङ
खेलकुद सचिब/खाध्य संयोजक: श्री हरि मान गुरुङ
सुरक्षा संयोजक: श्री बुद्धि गुरुङ
वेबमास्टर: श्री याम गुरुङ
कार्यसमिति सदस्य: श्री पदम बहादुर गुरुङ
कार्यसमिति सदस्य: श्री नर बहादुर गुरुङ
कार्यसमिति सदस्य: श्री खेम राज गुरुङ
कार्य समिति सदस्य: श्री गंगा बहादुर गुरुङ
कार्यसमिति सदस्य: श्री जंगा बहादुर गुरुङ
कार्यसमिति सदस्य: श्रीमती मथुरा गुरुङ
कार्यसमिति सदस्य: सुश्री बिबा गुरुङ
कार्यसमिति सदस्य: श्रीमती भद्रा कुमारी गुरुङ
कार्यसमिति सदस्य: श्रीमती मिरा गुरुङ
कार्यसमिति सदस्य: श्रीमती प्रितम कुमारी गुरुङ
कार्यसमिति सदस्य: श्रीमती मन कुमारी गुरुङ
क्षेत्रीय उपसमिति
(१) सल्लाहकार श्री हित मान गुरुङ (Hampshire Rep)
(२) सल्लाहकार श्री महेश घले (Nuneaton Rep)
(३) सल्लाहकार श्री मिथु गुरुङ (Berkshire Rep)
(४) दक्षिण पूर्ब लण्डन प्रतिनिधि:
निर्वाचन परिणाम घोषणापश्चात् कार्यक्रममा निर्वाचन समितिका अध्यक्ष तथा सल्लाहकार ले थामप्रसाद गुरुङले छैठौं कार्यसमिति निर्वाचन २०२१ मा उत्साहजनक रुपमा सहभागी बनि तमु समाज युके निर्वाचन २०२१ भव्य सफल बनाई दिएकोमा आभार प्रकट गर्दै सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेका थिए । यसैगरी संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङ र निर्वाचन समितिका अध्यक्षले नवनिर्वाचित पदाधिकारिहरुलाई शपथ ग्रहणपछि खादा लगाई बधाई तथा शुभकामना दिएका थिए ।
मनतव्य राख्ने क्रममा नवनिर्वाचित छैठौं कार्यसमितिका अध्यक्ष शिवकुमार गुरुङले सर्व सम्मतिबाट अध्यक्ष पदमा निर्वाचित भएकोमा खुसी व्यक्त गर्दै सबैलाई आभारसहित हार्दिक धन्यवाद व्यक्त गरेका थिए । कार्यक्रममै पाँचौं कार्यसमितिका अध्यक्ष शिवचन्द्र गुरुङलगायत सबै पदाधिकारीहरु साथै निर्वाचन समितिलाई छैठौं कार्यसमितिका अध्यक्ष शिवकुमार गुरुङले र संस्थापक अध्यक्ष चित्रबहादुर गुरुङले महाअधिवेशनमा धन्यवाद व्यक्त गर्दै खादा लगाई बिदाई गरेका थिए ।
१४औं साधारणसभा तथा छैठौं महाअधिवेशनमा गोरखा दरबार केटरिङबाट खानको व्यवस्थापन र आमा समूहबाट जलपानको व्यवस्थाले सम्पूर्णलाई लामो समयपछिको मीठो खानाको लागि धन्यवाद दिइएको थियो ।






