हङकङले बेलायतबाट हुने भ्रमणमा प्रतिबन्ध लगाउने

SHARE:

हङकङ असार १४ ।

हङकङले बेलायतलाई कोरोना भाइरसको अति उच्च जोखिमको सूचीमा राखेको छ।

साउथ चाइना मर्निङ पोस्टका अनुसार बेलायतलाई कोरोनाको अति उच्च जोखिमको सूचीमा राखेसँगै हङकङले बेलायतबाट आउने सबैलाई भ्रमण प्रतिबन्ध लगाउने भएको छ। जुलाई १ बाट अनिश्चितकालको लागि एकतर्फी भ्रमण प्रतिबन्ध लाग्ने जनाइएको छ।

अधिकारीहरुका अनुसार दुवै डोज खोप लगाउने व्यक्ति बेलायत गएका छन् भने उसले पनि प्रतिबन्धात्मक नियम पालना गर्नुपर्छ। बेलायतमा २ घण्टा मात्र समय बिताए खोप लगाउने व्यक्तिले हङकङमा २१ दिनसम्म क्वारेन्टिन बस्नुपर्नेछ। हङकङको स्वास्थ्य नियामक संस्थाका अनुसार पछिल्लो सात दिनको अवधिमा हङकङमा कोरोनाको एल४५२आर म्युटेसन देखिएका ११ व्यक्ति भेटिएका छन्। यस म्युटेसन बेलायतबाट फर्किएका व्यक्तिमा देखिएको हो।

हालसम्म यस म्युटेसनबाट बेलायतमा एक लाख ४ हजार संक्रमित छन्। यस म्युटेसनले त्यहाँ ११ जनाको मृत्यु भइसकेको छ। बेलायतबाट फर्किनेमा नयाँ प्रकारको कोरोना देखिएपछि बेलायतलाई अति उच्च जोखिमको सूचीमा राखिएको हो। हालसम्म बेलायतमा ११ हजार ९२१ मा कोरोना पुष्टि भइसकेको छ। संक्रमितमध्ये २११ को मृत्यु भइसक्दा ११ हजार ६२६ कोरोनामुक्त भएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!