प्रोफेसर सुवेदीलाई थप दुई जिम्मेवारी

SHARE:

लण्डन असार २१ ।

प्राध्यापक डा. सूर्य प्रसाद सुवेदी क्युसी दुई राष्ट्रिय र अन्तरराष्ट्रिय जिम्मेवारीमा नियुक्त भएका छन्।

प्रा सुवेदीलाई नेपाल सरकारले स्थापना गरेको नीति अनुसन्धान प्रतिष्ठानले “राष्ट्रिय हित, पररास्ट्र नीति तथा रणनीतिक मामिला” विधाको “विशिष्ट विज्ञ” को रूपमा २०७८ श्रावण १ गतेदेखि लागु हुने गरि तीन वर्षका लागि नियुक्त गरेको छ। नेपाल सरकारलाई राष्ट्रको नीति निर्माणमा प्रमाण अनुसन्धानमा आधारित सल्लाह सुझाव उपलब्ध गराउन उक्त प्रतिष्ठानको तीन वर्ष अघि स्थापना भएको हो।

गत वर्ष पनि नेपाल सरकारले प्रा सुवेदीलाई नेपाल-भारत सीमा सम्बन्धि विज्ञ समूहको सदस्यमा नियुक्त गरेको थियो र उक्त विज्ञ समूहले आफ्नो प्रतिवेदन नेपाल सरकारलाई बुझाई सकेको छ। त्यसैगरी चीनको आर्थिक तथा व्यापार मध्यस्थता आयोगले उनलाई पाँच वर्षका लागि मध्यस्थकर्ताको रूपमा नियुक्ति गरेको छ। चीनको उक्त आयोगले वैदेशिक व्यापार र वैदेसिक लगानीसम्बन्धी विवादहरु सुल्झाउने काममा अग्रणी भूमिका निर्वाह गर्दछ।

यसअघि अक्सफोर्डको हार्ट प्रकाशन गृहले प्रकाशन गरेको प्रा. सुवेदीको अन्तरराष्ट्रिय लगानी कानूनसम्बन्धी किताब चिनियाँ भाषामा अनुवाद भई पाँच वर्षअघि चीनमा प्रकाशन भइसकेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!