माइला-कान्छा सहयोग अभियानद्वारा धनबहादुर र टुकमाया दम्पतीलाई २१ हजार १ सय प्रदान

SHARE:

लन्डन असार २४ । माइला-कान्छा सहयोग अभियानले धनबहादुर गुरुङ र टुकमाया गुरुङ दम्पतीलाई २१ हजार १ सय प्रदान गरेको छ ।

पुरानो गाउँ हिले पर्वत भोर्ले घर भई हाल पोखरा महानगरपालिका ८ नयाँ बजारमा बसोबास गर्दै आएका ५३ वर्षीय धनबाहादुर र ४८ वर्षीया टुकमाया गुरुङलाई उक्त सहयोग युवा व्यवसायी समाजसेवी आँधीखोला दोहोरी साँझका प्रबन्ध निर्देशक अरुण गुरुङमार्फत हस्तान्तरण गरिएको अभियानले जनाएको छ । एक छोरा एक छोरीकी आमा टुकमायाको दुवै किड्नी फेल भएर उपचाररत छिन् ।

मिर्गौलापीडित टुकमायाको दिसापिसाब पनि अरुले गराइदिनु पर्ने पीडा सहिनसक्नु भइ आफ्नो दु:ख बिसाउँदा मन रोएर आएकाले ‘सिधा कुरा जनतासमक्ष, सिधा सहयोग पीडितसमक्ष भन्ने कुरालाई मनन गर्दै सहयोगी मनहरुबाट संकलन गरी सहयोग गरिएको अभियानकी पार्वती गुरुङले जानकारी दिएन ।

उनका अनुसार सहयोगदाताहरुमा श्रीमान्‌/श्रीमती राजीव र रुपा थापा काठमाडौं (हाल यूके आल्डरसट) £22, श्रीमान्‌/श्रीमती राम र विजय गुरुङ याङ्जाकोट (हाल यूके आल्डरसट) £21, श्रीमान्‌/श्रीमती कमल र जय घले बुटवल (हाल यूके गिल्फोर्ड) £22, श्रीमान्‌/श्रीमती पुष्कल र माया गुरुङ याङ्जाकोट (हाल यूके आल्डरसट) £21, श्रीमान्‌/श्रीमती भिमबहादुर र भावाना गुरुङ बेजाङ पोखरा (हाल यूके गिल्फोर्ड) £23 र श्रीमान्‌/श्रीमती डिलबहादुर र सरिला गुरुङ फेदिखोला चारघरे (हाल यूके आल्डरसट) £21 रहेका छन् ।

अभियानले सहयोगदाताहरुलाई धन्यवाद समेत दिइएको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!