
लन्डन असार २६ । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेको उपाध्यक्ष रोजीना प्रधान राईले अध्यक्ष पदमा उम्मेदवारी दिने औपचारिक घोषणा गरेकी छन् ।
राईले शुक्रबार साँझ एक भर्चुअल सभाको आयोजना गर्दै ९ बुँदे प्रतिबद्धतासहितको घोषणापत्र सार्वजनिक गरेकी छन् । उनले विदेशमा सिकेको ज्ञान, सीप र प्रविधि नेपाल भित्र्याउने, संघर्षरत भूतपूर्व ब्रिटिस गोर्खाहरुको मागलाई सम्बोधन गराउनको लागि आवश्यक पहल गर्न, एनआरएन भवन, साना तथा ठूला लगानी प्रवर्द्धन, आपतकालिन कोषको स्थापना, एनआरएनए सीप बैंकको स्थापना, नेपाली नागरिकताको निरन्तरता, गैरआवासीय नेपाली संघ यूकेलाई प्रविधीमैत्री बनाउने, एक परिवार एक उद्यमी लगायतको प्रतिबद्धता गरेकी छन् ।
कार्यक्रममा बेलायस्थित ५ दर्जन भन्दा बढी संघसंस्थाका प्रतिनिधीको उपस्थिती थियो । संघको निर्वाचनमा जुलाई ३१ तारिखमा अनलाइनमार्फत हुँदैछ ।






