लण्डन असार ३० ।

गैर आवासीय नेपाली संघ एनआरएनए यूकेको अध्यक्ष पदमा प्रेम गाहा मगरले जुलाई १५ तारिख बिहीबार औपचारिक रुपमा उम्मेदवारी घोषणा गर्दैछन् ।
जुम मार्फत साँझ ५ बजे हुने घोषणा सभामा सहभागी हुन उनले आग्रह गरेका छन् । आफु लामो समयदेखि बेलायतस्थित नेपाली समुदायको हित र सेवामा सक्रिय रहेको र यस पटक एनआरएन यूकेको नेतृत्व लिँदै पूर्ण रुपमा नेपाली समुदायको सेवा गर्ने अभियानमा लागेको उनले बताएका छन् ।
एनआरएन यूकेमा मगर समुदायको नेतृत्व स्थापित गर्नु हामी सबैका लागि गौरवको विषय बन्ने छ भन्ने विश्वास लिएको छु उनले भनेका छन् । कार्यक्रममा सहभागी हुन जुम लिंक 8464?pwd=RStuRGl3Sk1oWmhLZ1dmY0xLMnliUT09 ,जुम आइडी 2162208464 र
पासवर्ड 1234 मार्फत आउन उनले आग्रह गरेका छन् ।






