
लण्डन साउन ३ । गैर आवासीय नेपाली संघ, यूकेको अध्यक्षका उम्मेदवार प्रेम गाहा मगरले अहिलेसम्म गरेका काम रआगामी योजना समेटिएको भिडियो सन्देश सार्वजनिक गरेका छन् ।
साढे दुई दशकदेखि बेलायतको लण्डन बस्दै आइरहेका गाहा मगरले यही ३१ जुलाईमा हुने एनसीसी यूकेकोनिर्वाचनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका छन् । सन् २०१७ देखि लगातार दुई कार्यकाल उपाध्यक्षभएर काम गरेका गाहा मगरले आफूले हालसम्म कामको विवरण र आगामी कार्यकालका लागिप्रतिबद्धतासहित अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका हुन् ।
गाहा मगरद्वारा जारी भिडियोमा उनको जन्मदेखि नेपालमा रहँदा गरेका काम, ब्रिटिश आर्मीमा प्रवेश, ब्रिटिशमारहँदा भोगेको विभेद र त्यसविरुद्ध आफूले गरेको संघर्ष, सेवारत अवस्थामा नै एनआरएन अभियानमासहभागिता, युवाहरुलाई एकत्रित गर्न आफूले गरेका काम समेटिएको छ । त्यस्तै, सन् २०१७–२०१९ कोकार्यकालमा पहिलो पटक एनसीसी यूकेको उपाध्यक्ष निर्वाचित भएर गरेका काम र सन् २०१९–२०२१कार्यकालमा गरेका कामको बिबरण समेटिएका छन् ।
गुल्मीको तम्घासमा जन्मेका गाहा मगर नेपालको राष्ट्रिय बक्सिङ खेलाडी पनि थिए । राष्ट्रिय बक्सिङ टिममारहेकै बेला भर्ती भएपछि यूके आइपुगेका हुन् ।
नेपाली समाजको एकता, कला संस्कृतिको प्रवर्द्धन, भूतपूर्व गोर्खा सैनिकहरुले भोग्दै आएका विभेद अन्त्यलगायतका क्षेत्रमा निरन्तर क्रियाशील गाहा मगरले आगामी कार्यकालका लागि संस्थाको पारदर्शिता रसुदृढीकरण लगायतका सात बुँदे प्रतिबद्धता व्यक्त गरेका छन् ।
‘एनआरएनलाई सबैले विश्वास गर्ने संस्था बनाउने छु,’ उनले भने, ‘कुनै पनि नेपालीलाई समस्या पर्दा मेरोएनआरएन छ भन्ने भावनाको विकास गर्ने गरी संस्थालाई सबै सदस्यहरुको मन मस्तिष्कमा रहने बताउने छु ।’
गाहा मगरको विगत र आगामी कार्ययोजना बारे जानकारी पाउन यो लिंक क्लिक गर्नुहोस् :






