प्रेम गाहा मगरले गरे  एनआरएनए यूकेको अध्यक्षमा उम्मेदवारी दर्ता

SHARE:

लण्डन – गैरआवासीय नेपाली संघ, यूकेको अध्यक्ष पदमा प्रेम गाहा मगरले उम्मेदवारी दर्ता गराएका छन् ।एनसीसी यूकेका उपाध्यक्ष रहेका गाहा मगरले २०२१–२०२३ कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । उनले गत साता आयोजित एक कार्यक्रममा अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका थिए ।निर्वाचन समितिले जारी गरेको कार्यतालिका अनुसार गाहा मगरले आवश्यक सबै प्रक्रिया पूरा गरी  अनलाइनमार्फत उम्मेदवारी दर्ता गराएका हुन् । लण्डनको अल्डरसटमा केही समर्थकहरुसँगै रहेका गाहा मगरले त्यहीँबाट उम्मेदवारी दर्ता गराएका हुन् ।यही ३१ जुलाईमा हुने निर्वाचनका लागि निर्वाचन समितिले सोमबार (१९ जुलाई) बिहान एक बजेदेखि साँझ ८ बजेसम्मका लागि उम्मेदवारी दर्ता  गर्ने समय तोकेको थियो । निर्वाचन समितिले मतदान पनि अनलाइन प्रविधिबाट नै हुने स्पष्ट पारिसकेको छ ।
दुर्ई कार्यकाल उपाध्यक्ष, अब अध्यक्षएनआरएन स्थापनादेखि नै यस अभियानमा सक्रिय रहँदै आएका गाहा मगरले पछिल्ला दुई कार्यकाल लगातार एनसीसी यूकेको उपाध्यक्ष जिम्मेवारी सम्हालेका छन् ।झण्डै साढे दुई दशक लामो बेलायत बसाइका क्रममा गाहा मगर पहिलो पटक सन् २०१७–२०१९ का लागि उपाध्यक्ष पदमा निर्वाचित भएका थिए भने त्यसलगत्तै २०१९–२०२१ का लागि पनि भारी मतले उपाध्यक्ष पदमा नै निर्वाचित भएका थिए । लगातार दुई कार्यकाल उपाध्यक्ष भएर गरेका कामका आधारमा लोकप्रिय रहेका गाहा मगरले सात बुँदे प्रतिबद्धतापत्रसहित आगामी कार्यकालका लागि अध्यक्ष पदमा उम्मेदवारी दिएका हुन् ।
संस्थाको पारदर्शिता, चुस्त लेखा प्रणाली, नेपाल हाउस परियोजना, भूतपूर्व ब्रिटिश गोर्खा सैनिकहरुको समस्या समाधान, नेपाली नागरिकताको निरन्तरता तथा नेपालमा रहेको पैतृक सम्पत्तिको सुरक्षा, नेपालमा लगानी र पर्यटन प्रबद्र्धन, युवा तथा महिलाहरुको उत्साहजनक सहभागिता र सहज रुपमा एनआरएनएको सदस्यता वितरण लगायतका विषयमा स्पष्ट अजेण्डासहित गाहा मगर चुनवाी प्रतिस्पर्धामा उत्रिएका हुन् ।
‘विगतमा गरेको कामको मूल्यांकन र आगामी कार्यकालमा गर्ने कामको प्रतिबद्धताका आधारमा बेलायतबासी नेपाली समुदायको साथ पाउनेमा ढुक्क छु’ उम्मेदवारी दर्तापछि उनले भने ‘एनआरएनलाई साँचो अर्थमा सबैको साझा संस्था हो भन्ने स्थापित गर्न मैले नेतृत्वका लागि दावी  गरेको हुँ।’संस्थाको आर्थिक पारदर्शिताका लागि संघर्षरत गाहा मगरले बेलायतमा रहेका आम नेपालीहरुलाई ‘समस्या पर्दा एनआरएन छ’ भन्ने बनाउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
भूतपूर्व गोर्खा सैनिक समेत रहेका गाहा मगरले उपाध्यक्ष तथा गोर्खा विभाग प्रमुख हुँदा गोर्खा सैनिकहरुको समस्या समाधानका लागि थालेको पहललाई अध्यक्ष भएलगत्तै निष्कर्षमा पुर्याउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । गाहा मगरले विगतमा जस्तै मन, मत र अभिमतसहित साथ, सहयोग र समर्थनका लागि सम्पूर्ण पन्जीकृत सदस्यहरु, एनआरएनएका अभियन्ताहरु, अग्रजहरु, नेपाली समाजसम्बद्ध संघसंस्थाहरु लगायत समग्र बेलायतवासी नेपालीहरुलाई आग्रह गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!