एनआरएनए यूके निर्वाचन : उम्मेदवारी दर्ता सकियो, अध्यक्ष र महासचिवमा ३/३ जना

SHARE:

लन्डन । गैर आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को यही जुलाई ३१ मा हुने निर्वाचनका लागि मनोनयन दर्ता सकिएको छ ।

निर्वाचन समितिले निकालेको तालिका अनुसार, सोमबार ८ बजेसम्म दिइएको समयसीमाभित् अध्यक्षमा तीनसहित कुल ६२ जनाले उम्मेदवारी दिएका छन् । एनआरएनए यूकेमा विभिन्न ३४ पदका लागि निर्वाचन हुँदैछ ।

अध्यक्ष पदका लागि प्रेम गाहामगर, दीपक श्रेष्ठ र रोजिना प्रधान राईले उम्मेदवारी दिएका छन् ।

अध्यक्ष १ पदका लागि
– प्रेम गाहामगर
– दीपक श्रेष्ठ
– रोजिना प्रधान राई

उपाध्यक्षमा दुई पदका लागि
– पवन शर्मा
– सुनिलबाबु खड्का
– तेजेन्द्र रोकामगर
– गोविन्द खरेल
– अमन गौचन

महिला उपाध्यक्षमा
– प्रसुना कँडेल
– शकुन्तला गुरुङ
– सरस्वती केसी

महासचिव पदका लागि
– जीत रानाभाट
– डा. मुकुन्द बास्तोला
– खुशी लिम्बु

सचिवमा
– धातानन्द खरेल (डिएन खरेल)
– ज्ञानेन्द्र आले
– विशाल गुरुङ
– विष्णु चालिसे

महिला सचिवमा
– कल्पना त्रिपाठी
– नम्रता घले गुरुङ

कोषाध्यक्षमा
– विष्णुप्रसाद खरेल
– धनसरी राई

सह-कोषाध्यक्षमा
– हेम गुरुङ
– शशांक शर्मा

युथ कोअर्डिनेटरमा
– तीर्थबहादुर मल्ल (अनिल)
– चन्दन गुरुङ

महिला संयोजकमा
– मनिकला राई गुरुङ
– विमला लिम्बु

आइसीसी सदस्यको ७ पदका लागि
– समिर खनाल
– दिनेश घिमिरे
– कोशलेश्वर ढकाल (कृष्ण)
– अर्कराज तिमिल्सिना
– केदार थपलिया
– राजेन्द्रप्रसाद पुडासैनी
– महेश अधिकारी
– एलएन पाण्डे
– भिमलाल भट्टराई

सदस्यहरुमा
सुशिल प्रजापति, ईश्वर महर्जन, इन्दिरा (सपना) खनिया, विशाल राई, सुमन शर्मा, सुरेश परियार, हिरा (दीपक) सापकोटा, पदमबहादुर गोले, मोहन ओली, भिमलाल खनाल, देउमान इजम, चम्पा थापामगर, पदमबहादुर शाही, भानुभक्त घिमिरे, गीता रायमाझी, ठाकुरप्रसाद ढुंगाना, दिपक ढकाल, उपेन्द्र पौडेल, बालकृष्ण दाहाल र चेतबहादुर राना

स्कटल्याण्डबाट केन्द्रमा प्रतिनिधित्व गर्ने उपाध्यक्ष पदका लागि
– मोहन कार्की
– छविलाल अर्याल

नर्दन आयरल्याण्डबाट
– नारायण कँडेल
– नारायण कुंवर

वेल्सबाट
– रामचन्द्र पोखरेल

एनआरएनए यूके राष्ट्रिय समन्वय परिषदको कार्यसमितिका २७ र आइसीसी सदस्यको ७ गरी कुल ३४ पदमा ती उम्मेदवारी परेका हुन् । निर्वाचन समितिले उम्मेदवारहरुको प्रथम नामावली मंगलबार दिउँसो १ बजे प्रकाशन गर्ने कार्यक्रम छ ।

वेल्स र नर्दन आयरल्यान्ड राज्य परिषद् निर्विरोध

एनआरएनए यूकेअन्तर्गतका चार वटै राज्य समन्वय परिषदहरुको लागि पनि सोमबार उम्मेदवारी दर्ता भएको छ । निर्वाचन समितिका अनुसार वेल्स र नर्दन आयरल्यान्ड राज्य परिषदको सिंगो कार्यसमिति नै निर्विरोध भएका छन् । स्कटल्यान्डमा सबै र इंग्ल्याण्डमा अधिकांश पदमा दोहोरो उम्मेदवारी परेको छ ।

इंग्ल्याण्ड परिषदमा अध्यक्षमा डा मीन रानाभाट र एलबिजेड गुरुङको उम्मेदवारी परेको छ भने स्कटल्यान्डको अध्यक्षमा काशिराम भण्डारी, दिवाकार पाण्डे र शिवकान्त खराल गरी तीन जनाको उम्मेदवारी परेको छ । नर्दन आयरल्यान्डको अध्यक्षमा बलबहादुर थापा र वेल्सको अध्यक्षमा कृष्ण भण्डारीसहित दुवै परिषदका सिंगो कार्यसमिति निर्विरोध भएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!