

लन्डन- दक्षिण अफ्रिकाको डर्बानमा गत बिहीबारदेखि “डर्बान अन्तर्राष्ट्रिय चलचित्र महोत्सव” सुरु भएको छ । जसमा मगर भाषा र संस्कृतिमा आधारित चलचित्र “ट्याङ्चलाक” (उज्यालोतिर) पनि छनौट हुन सफल भएको छ ।सो चलचित्र मेजन पुनमगरको लेखन तथा निर्देशन रहेको छ। चलचित्र “ट्याङ्चलाक” नेपालको तर्फबाट छनौट हुन सफल भएको हो । चलचित्र छनौट भएपछि प्रतिक्रिया दिँदै निर्देशक पुनमगरले यसले आफू उत्साहित भएको बताउनुबहेको छ।
कोरोना महामारीका कारण चलचित्रले देशव्यापी प्रदर्शनमा जान नपाएपनि यसले थोरै भएपनि चलचित्रकर्मीलाई राहत दिने विश्वास गरिएको छ । यसअघि, पोखरामा यस चलचित्रको प्रिमियर शो गरिएको थियो । जसमा दर्शकले चलचित्रका बारेमा उत्साहजनक प्रतिक्रिया दिएको निर्देशक पुनमगरले भनाइ छ ।
डर्बान महोत्सवमा चलचित्र छनौटमा परेपछि निर्देशक पुनमगरले कलाकार, प्राविधिक, मानुङबासी र महोत्सव आयोजकप्रति आभार व्यक्त गर्नुभएको छ । गत जुलाई २२ तारिखदेखि सुरु भएको महोत्सव अगष्ट १ सम्म सञ्चालन हुने आयोजकले जानाकारी दिएका छन।
स्मरण रहोस मेजन पुनमगर बेलायतबाट प्रकाशित हुने साप्ताहिक पत्रिकाको एभेरेस्ट टाइम्सका पुर्ब सम्पादक हुन्।






