गोरखाली एक सच्चा नागरिक

SHARE:

धन घले र होम सुनुवार

लण्डन – कुनैपनि राष्ट्र सबल, शक्तिशाली र सम्पन्न बन्न देशवासी हरेक जनताको अमुल्य योगदानलाई नै पहिलो जगको रुपमा लिनुपर्दछ । देशवासी सबै नागरिक हुंदैनन र कुनै स्वच्छ नागरिक आफ्नो मुलुक बाहिर रहेर पनि देशको लागि अमुल्य समय, थोपा थोपा रगत र पसिना, आफ्नो विवेक, दक्ष शक्तिको सदुपयोग गरीरहेका हुन्छन । यो सच्चा नागरिकले गर्ने राष्ट्रप्रतिको ईमान्दारीता, कर्तव्य र नाता पनि हो । यसको बदलामा राज्यले पनि मुल्य र मान्यताको कदर गर्दैर् सहयोग र उचित वातावरणको सृजना गरीदिनुपर्दछ । तर नेपालमा भने ठिक वितरीत काम भइरहेको कारण देश कहिल्यै माथि उठ्न सकेको छैन । नागरिकहरु हक, अधिकारमाथि दमन र श्रमशोषणको पासोमा फसेका छन । नागरिक विरुद्ध यस्ता काम गरीनु राष्ट्र र नागरिक दुबैका लागि ठुलो दुर्भाग्यको कुरा हो । यसरी राष्ट्र विगार्ने र नागरिक अधिकारमाथि वञ्चित गर्ने पण्डितहरु देशका अधिकांश नेता, शासक बुद्धिजीवि र दार्शनिक भनाउंदाहरु नै हुन भन्दा अवश्य फरक नपर्ला ।

कालान्तरमा यस्ता पण्डितहरुले आफ्नो नागरिकलाई दुईसय बर्षदेखि अहिलेसम्म पिडित बनाउंदै एउटा जिउंदो लासको रुपमा उभ्याइरहेका छन । बिडम्बनाको कुरा त्यहि जिउंदो लासबाट पनि मौसम अनुसार मिल्न सक्ने राहात असुल्ने होडवाजीमा ति पण्डितहरु अहिलेसम्म पछि परेका छैनन । यसरी दुईसय बर्षदेखि शिकार बन्दै आएका नागरिकहरु गोर्खाज गोर्खाली नामबाट परिचित भएको सर्वविदितै छ । गोर्खालीहरुको शुरुवात दुई देशमात्र होइन तिन देशको स्वार्थ र सर्तमा भएको कारण पण्डितहरुले शिकारलाई अझै तड्पाउने मौका मिलाएको प्रमाण थुप्रै देखिन्छन । पिडित पक्षको गुनासो सुनिदिनेहरुका कान ह्वाङह्वाङ्ती प्वाल भइसकेभने वास्ता नगर्नेहरु आनन्दका साथ छन । तैपनि सकि नसकी, जानी नजानी आफ्नो हक र अधिकारको खोजी निरन्तर गरी नै रहेको कारण फलस्वरुप क्रमिक रुपमा केहि न्याय तथा अधिकार प्राप्त गर्दै यहां सम्म आइपुगेका छन ।

अधिकार प्राप्तका गर्नका लागि गोर्खालीहरुको आवाज र आन्दोलन जारी नै रहेको छ । संघर्षका क्रममा प्राप्त भएका गोर्खालीका अधिकार पनि विभिन्न तहमा छुट्याइएका कारण सवै गोर्खाली र उनीहरुका आवाज एउटै हुन नसकेको कारण आफ्नो अधिकार प्राप्ति आकाशको फल सरह भएको छ । कतिपय अधिकार पाएकाहरुले पनि सहि सदुपयोग गर्न पाएका छैनन । यसरी गोर्खालीहरुबीचमै एकता हुन नसकेको मौका पारेर फाइदा लिने अन्य गिरोह र संस्थाहरुले माकुरी जाल बुनेको देख्न र बुझ्न सकिन्छ । थोरै भएपनि केहि अधिकार पाएपछि गोर्खालीले दोहोरो नागरिकता पाएमा राम्रो हुन्छ कि भन्ने सोंच बनाएर भुपु गोर्खालीहरु मार्फत जन्मभुमि नेपालप्रति अनुरोध गरीरहेका छन । यसरी दोहोरो नागरिकताको अवाज उठ्ना साथ अन्य गैर गोर्खालीबाट यस विषयमा अन्य निकै सहयोगको ज्वरभाटाहरु छल्किए जस्तो देखियो । यसैको फलस्वरुप प्रवासी नेपाली संस्थाहरुले नागरिकताकै सवालमा बेलायतमा मात्र नभई संसारको जुन जुन कुनामा नेपाली पुगेकाछन त्यहां त्यहां निकै सक्रिय भुमिका खेलेका छन ।

वास्तवमा गोर्खालीले दोहोरो नागरिकता नलिएपनि कुनै असर पर्ने त होइन यद्यपी गोर्खाजलाई गैर आवासीय नागरिक भन्न पनि मिल्दैन । यदि गोर्खालीले नागरिकता नपाउने हो भने पहिला तिन बर्ष बेलायत, हङकङ, ब्रुनाइ या अरु कुनै देशमा बसेर छ महिनाको छुट्टी जाने चलनमा बिताएका गोर्खालीलाई किन त्यसबेलादेखि यसो भनिएन रु वास्तवमा गोर्खाली बाहेक जो अन्य मुलुका गएका नेपाली कोहि विद्यार्थी, बन्दकालको वनावटी पिडित, अर्काको राहदानीमा आफ्नो फोटो टांसेर अर्को देशमा छिरेका, देशको राजस्व खर्च गरेर आएका र बनावटी शरणार्थीको दाबेदार गर्ने नेपालीहरुलाई अवश्य पनि गैरआवासीय नेपाली नै भन्न रुचाउनु स्वभाविक नै हो । तर गोर्खालीहरुलाई गैर आवासीय नेपाली नभनेर दुइ देशबीचको सर्तमा रोजगारी गर्दै आएको नेपाली नै भन्नु पर्दछ, वास्तवमा गोर्खाली पनि यहि रुचाउंछ । अबैध रुपमा दोश्रो मुलुक छिरेर अधिकार प्राप्त गरेको नेपाली र गोर्खाली नेपालीलाई कहिल्यै एकै श्रेणीमा राख्न मिल्दैन ।

गैर आवासीय नेपाली संघ एन आर एन हक अधिकारका हैसियतले गोर्खालीभन्दा अग्र पंक्तिमा नभएको कारण गोर्खालीलाई सधैं हतियार बनाएर अघि बढेको प्रष्ट देखिन्छ । यहि कारण नेपालले पनि गोर्खालीलाई दिन मिल्ने अधिकार रोक्नु परेको सिधै अनुमान लगाउंदा अन्यथा नहोला । अनि गोर्खालीहरुको दुई सय बर्षदेखिको खुन र पसिनाको मोल पनि एन आर एनले शरणार्थीको रुपमा परिणत गर्न खोजे त्यसलाई हामीले कसरी बुझ्ने ? त्यसैले यस विषयमा आदीवासी जनजाती महासंघले पटक पटक खबरदारी गर्दै आएको छ । हालमा एन आर एन युकेले यहांस्थित सबै संघसंस्थाका पदाधिकारीहरुलाई सल्लाहकारमा राखि अझै आंखामा छारो हाल्न पछि परेको छैन । त्यसैले यस विषयमा सबै आदीवासी संघसंस्थाहरु, भुपु संस्थाहरु समयमा नै सजग भएर आफ्नो हक, अधिकारको सुरक्षा गर्न पछि नपरौं ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!