
लन्डन जुलाई ३१ । गैर आवासीय नेपाली संघ (एनआरएनए) यूके निर्वाचन दुई दिन पर सरेको छ ।
मतदान शुरु हुन केही घण्टा बाँकी रहँदा निर्वाचन समितिले निर्वाचन दुई दिन पर सारेर २ अगस्ट सोमबार दिउँसो १२ बजे मतदान प्रक्रिया सुरु भइ अगष्ट ३ मंगलबार १२ बजेसम्म हुने जानकारी दिएको छ । मत परिणाम बिहीबार ५ बजे आउने समितिले जनाएको छ । निर्वाचन प्रमुख आयुक्त महेन्द्रराज कंडेलले शुक्रबार अपरान्ह एक विज्ञप्ति जारी गर्दै मतदाताहरुलाई मतदानसम्बन्धी प्राविधिक प्रक्रिया बुझाउन पर्याप्त समय नभएको गुनासोलाई सम्बोधन गर्न तालिका परिवर्तन गरिएको जनाएका छन् । पहिलोपटक एनआरएनए यूकेको अनलाइन मतदान हुँदैछ ।
निर्वाचन समितिले मतदाता शिक्षामा समय अभाव भनेपनि तालिका परिवर्तन हुनुमा निर्वाचन समिति जिम्मेवार रहेको स्रोतको भनाइ छ ।







