राजदूतसँग बिजिडब्ल्यूएस र गेसोका अगुवाको छलफल

SHARE:

लन्डन अगस्ट ३ । नेपाली राजदूतावास, लन्डनको आह्वानमा भूतपूर्व गोर्खा संगठनका अगुवाहरु र राजदूत लोकदर्शन रेग्मीबीच पुन: भेटवार्ता भएको छ ।

राजदूत रेग्मीले बोलाएको छलफलमा प्रमुख संस्था ब्रिटिस गोर्खा वेलफेयर सोसाइटी (बिजिडब्ल्यूएस) र गोरखा भूतपूर्व सैनिक संघ (गेसो) का अगुवाहरु नेपाली दूतावास पुगेका थिए । नेपाल सरकारको धारणा बुझ्न र पछिल्लो समय गोर्खाहरुको गतिविधिबारे छलफल गर्न आफूहरु दूतावास गएको बिजिडब्ल्यूएसका प्रवक्ता प्रकाश गुरुङले जानकारी दिए ।

राजदूतले सबै भूतपूर्व संघसंस्थालाई डाके पनि छलफलमा दुई वटा संस्थामात्रै पुगेका हुन् । अर्को समूहकाहरुले छुट्टै भेट्ने समय मागेको र संयुक्त छलफलमा बस्न नस्वीकार गरेको जानकारी पनि पाएको प्रवक्ता गुरुङले बताए ।

दुवै सरकारबाट वार्ता हुन सक्ने उल्लेखित पत्र भूतपूर्व गोर्खा सैनिकहरुले पाएका भए तापनि एक समूहले आमरण रिले अनशन गरिरहेका छन् । आइतबार संयुक्त विज्ञप्ति जारी गरेका बिजिडब्लूएसका अध्यक्ष मेरि टिकेन्द्रदल देवान जेपी र गेसोले अनशन समस्याको समाधान होइन भन्दै नेपाल सरकारलाई सक्रिय भूमिका खेलिदिन आह्वान गरेका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!