प्रेम गाहा मगरले दिए सबै मतदातालाई धन्यवाद, तत्काल मत परिणाम घोषणा गर्न माग

SHARE:

लन्डन — गैरआवासीय नेपाली संघयूकेको २०२१–२०२३ कार्यकालका अध्यक्ष पदका उम्मेदवारप्रेम गाहा मगरले निर्वाचनमा सहभागी सबै मतदाताप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गरेका छन्।  मंगलबार दिउंसो एक विज्ञप्ति प्रकाशित गरी उनले मतदाताहरुको मत र अभिमतको सधैं सम्मान गर्ने वाचा गरेका छन्।  

उनले अनलाइन माध्यमबाट गरिएको मतदानको नतिजा जति सक्दो चांडो सार्वजनिक गर्न माग गरेका छन्। “मतपरिणामलाई चुनौती दिई उल्ट्याउने दुष्प्रयास भएमा त्यसको नतिजा अकल्पनीय हुन्छ । त्यसप्रति निर्वाचन समिति सचेत रहनु पर्दछ,” उनले भने। 

सोमबार दिउंसो १२ बजे देखि शुरु भएको मतदान आज (मंगलबार) दिउंसो १२ बजे सकिएको छ।

हेर्नोस् प्रेम गाहा मगरको वक्तव्य जस्ताको तस्तै: 

हार्दिक धन्यवाद तथा आभार !

आदरणीय बेलायतवासी बाबाआमादाजुभाई तथा दिदीबहिनीहरु

गैरआवासीय नेपाली संघएनसीसी यूकेको २०२१–२०२३ कार्यकालका लागि कार्यसमिति चयन गर्न भएको निर्वाचनमा सहभागी भै आफ्नो अमूल्य मतदान गर्नु भएकोमा हार्दिक धन्यवाद तथा कृतज्ञता ज्ञापन गर्दछु ।

मलाई आशा अनि विश्वास छयसपाली तपाईंहरुले पक्कै पनि संस्थाको सुदृढीकरणशुद्धीकरण र पारदर्शिताको पक्षमा मतदान गर्नु भएको छ । तपाईंहरुले दिएको मनमत र अभिमतको सधैं सम्मान गर्ने छु । पछुतो मान्नुपर्ने अवस्था आउन दिने छैन ।

मैले भनिसकेको छुआगामी दुई वर्ष मैले मेरो सम्पूर्ण समय समाजलाई समर्पण गरिसकेको छु । दिन होस् वा रातजुनसुकै समयमा पनि नेपाली समुदायको हितमा म समर्पित हुने छु । सातै दिनचौबीसै घण्टा मैले संस्थाको हित र समाजको सेवामा नै लगाउने छु ।

हामीले निर्वाचन परिणाम घोषणाको प्रतीक्षा गरिरहेका छौं । मतदाताले गरेको मतदानलाई सम्मान गर्दै यथाशीघ्र मतपरिणाम सार्वजनिक गरिनुपर्छ भन्ने हाम्रो अडान छ  । निर्वाचन प्रक्रिया आरम्भदेखि नै अनेकन चलखेल भएका छन् । निर्वाचन र परिणामलाई प्रभावित पार्ने प्रयास पनि भइरहेका छन् । मतदाताले आफ्नो विवेकको प्रयोग गरी दिएको मतको उचित सम्मान गर्दै वास्तविक मतपरिणाम सार्वजनिक हुनुपर्छ भन्ने हाम्रो भनाइ छ । मतपरिणामलाई चुनौती दिई उल्ट्याउने दुष्प्रयास भएमा त्यसको नतिजा अकल्पनीय हुन्छ । त्यसप्रति निर्वाचन समिति सचेत रहनु पर्दछ ।

हामी समाज रुपान्तरणको अभियानमा छौं । संस्थाको शक्ति भनेकै यसका सदस्यहरु हुन् । सदस्यहरुको चाहना र सुझाब अनुसार नै संस्था र त्यसको नेतृत्वले काम गर्नु पर्दछ भन्नेमा हामी दृढ छौं । फेरि पनि निर्वाचनमा सहभागी भई मलाई र मेरो एजेण्डामा समर्थन तथा ऐक्यबद्धता जनाउनु हुने विभिन्न पदका उम्मेदवारहरुलाई मतदान गर्नु भएकोमा धन्यवाद ज्ञापन गर्दछु ।

साथैनिर्वाचन अभियानमा साथ दिनु हुने आदरणीय अग्रजहरुएनआरएनए अभियन्ताहरुविभिन्न संघ संस्थाका अध्यक्षपदाधिकारी तथा सदस्यहरुयुवाहरुखेलाडीहरुव्यवसायीहरुभूतपूर्व गोर्खा सैनिक तथा परिवारजनसञ्चारकर्मी मित्रहरुसहित बेलायतवासी आम नेपाली समुदायलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछु ।

प्रेम गाहा मगर

अध्यक्ष पदको उम्मेदवार

२०२१–२०२३एनआरएनएयूके

मिति: ३ अगष्ट २०२१लण्डन

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!