एनआरएनए यूके निर्वाचनमा एक हजार भोट गैर कानूनी खसेको भन्दै बदर गर्न माग

SHARE:


  • लन्डन । एनआरएनए यूके निर्वाचनमा झण्डै एक हजार भोट अस्वभाविक रुपमा खसेको जिकिर गर्दै अध्यक्ष प्रत्यासी रोजिनाप्रधान राईले त्यसलाई मान्यता नदिन आव्हान गरेकी छन् ।

    बुधबार राती एक पत्रकार सम्मेलन गर्दै राईले चुनावी परिणाम सार्वजनिक गर्ने जिम्मेवारी लिएको च्वाइस भोटिङले समेत बुधवार निर्वाचन समितिलाई एक पत्र लेख्दै निर्वाचनमा १ हजार भन्दा बढी अस्वभाविक रुपमा भोट खसेको प्रष्ट पारेको बताइन् ।

    च्वाइस भोटिङले ती मतदाताहरुको फोटो परिचयपत्र समेत प्रमाणीकरणका लागि माग गरेको कुरा जानकारीमा आएको बताउंदै फर्जी मतकै आधारमा निर्वाचन परिणाम घोषणा गरिए कानूनी उपचार खोज्ने चेतावनी दिएकी छन् । ‘म चुनाव जितिनेमा विश्वस्त छु । तर गैर कानूनी मत बदर हुनुपर्छ भन्ने मेरो अडान हो’, उनले भनिन् ।

    ‘यसअघि निर्वाचन समितिले दिएको जानकारी र च्वाइस भोटिङको भनाई अनुसार निर्वाचन परिणामको पहिलो ड्राफ्ट आज (बुधवार) सांझ सम्म निर्वाचन समितिमा आइपुग्नु पर्ने थियो । तर, निर्वाचनको परिणामलाई उल्टाउने, प्रकृयालाई समेत बिथोल्ने र निर्वाचन समितिलाई विभिन्न प्रभावमा पार्ने उद्देश्यले गैरआवासीय नेपाली संघका केन्द्रीय सल्लाहकारहरु लगायतको टोली हिजैदेखि निर्वाचन कार्यालयमा धर्ना बसेर निर्वाचन समितिलाई समेत घेराबन्दी गर्ने प्रयास गरेको सुन्दा दुःख लागेको छ’, उनले आफ्नो विज्ञप्तिमा भनेकी छन् ।

    बेलायतस्थित करिब १ लाख ५० हजार भन्दा बढी नेपालीको प्रत्यक्ष भावनासंग जोडिएको यती संवेदनशील विषयमा भएको ढिला सुस्तीले संघको छवीमा समेत प्रत्यक्ष असर पार्ने निश्चित रहेको जनाउंदै अध्यक्ष प्रत्यासी राईले संघको छवी कुनै पनि हालतमा धमिल्याउन दिन नहुनेमा जोड दिएकी छन् ।

    पत्रकार सम्मेलनमा रोजिनाको तर्फबाट आइटी विज्ञ इन्जिनियर संयुक्त श्रेष्ठले अनलाइन चुनाव गराएको भेन्डर च्वाइस भोटिङले समेत फर्जी भएको भनेर निर्वाचन समितिसंग सुझाव मागेको अवस्थामा बेलायतका समस्त नेपालीको भावनामा चोट पुग्ने खालको कदम नचाल्न निर्वाचन समितिलाई चेतावनी दिए ।

    उक्त कार्यक्रम महासचिवका प्रत्यासी डा. मुकुन्द बास्तोलाले सञ्चालन गरेका थिए । सो अवसरमा अध्यक्ष प्रत्यासी राई, बास्तोला र श्रेष्ठले पत्रकारहरुका जिज्ञासा मेटाएका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!