स्वीन्डनको नेपाली समाजले जित्यो कम्युनिटी अवार्ड

SHARE:

लन्डन साउन २१ । कोभिड महामारीका बेला समुदायको सहयोगमा पुर्‍याएको योगदानको कदरस्वरूप नेपाली समाज वील्शायर स्वीन्डनले सन् २०२० को ‘एमटिएम अवार्ड’ पाएको छ ।

साउथ वेष्ट बेलायतस्थित सामाजिक तथा परोपकारी संघसंस्था, व्यवसाय एवम् व्यक्तित्वहरुलाई समेत प्रदान गरिँदै आएको ‘एमटिएम अवार्ड’को सामुदायिक विधातर्फ यस पटक समाजलाई अवार्ड दिइएको हो । एशियन, अफ्रिकन तथा अल्पसंख्यक समुदायको प्रोत्साहनका लागि स्थानीय एक मिडियाको आयोजनामा विगत १० वर्षदेखि ‘एमटिएम अवार्ड’ वार्षिक रुपमा प्रदान गरिंदै आएको छ । यसपटक पनि विभिन्न २४ विधामा संघसंस्था र व्यक्तिहरुलाई अवार्ड वितरण गरियो ।

गत शनिबार ब्रिस्टोलस्थित म्यारिएट होटेलमा आयोजित विशेष समारोहबीच अवार्ड वितरण गरिएको हो । समाजका अध्यक्ष ज्ञानप्रसाद गुरुङसहितका पदाधिकारीहरुले अवार्ड ग्रहण गरेका थिए । सचिव भवानीप्रसाद गुरुङ, जेष्ठ नागरिक संयोजक रन्जन मल्ल​, कार्यसमिति सदस्य तिल मगर​, सल्लाहकार राजन कुमार क्षेत्री, सदस्यहरु उन्नति गुरुङ, सम्झना क्षेत्री, जयन्ती गुरुङ​, प्रेमा गुरुङ लगायत समारोहमा उपस्थित थिए ।

समाजका अध्यक्ष गुरुङका अनुसार सामजिक संघसंस्था तथा व्यक्तिगत रुपमा समेत सामुदायिक स्तरमा गरेका उल्लेखनीय परोकारी तथा सामजिक कार्यहरुको आधारमा प्रदान गरिने अवार्डका लागि कुल २१ संघसंस्थाले प्रतिस्पर्धा गरेका थिए । गत वर्ष पनि यो अवार्ड जितेको नेपाली समाज विल्शायर, स्विन्डनले लगातार दोस्रो वर्ष अवार्ड हात पारेको छ​ ।

‘यो पुरस्कारको सम्पूर्ण श्रेय विल्शायर, बेलायतमा बसोबास गर्ने नेपाली समुदायका हरेक सदस्यलाई जान्छ । उहाँहरुको योगदान र मद्धतले नै हामीले दोस्रो पटक अवार्ड जित्न सफल भ​एका छौं’, अध्यक्ष गुरुङले भने । त्यस्तै, यस वर्ष व्यवसायिक विधातर्फको अवार्ड स्थानीय नेपाली रेष्टुरेन्ट ’याक द हिमालयन’ ले प्राप्त गरेको छ । रेष्टुरेन्टका संचालक अर्जुन गुरुङ र जयन्ती गुरुङलाई अवार्डको लागि समाजले बधाई ज्ञापन गरेको छ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!