एनआरएनए यूकेका नवनिर्वाचित पदाधिकारी र सदस्यले लिए शपथ

SHARE:

लन्डन साउन २५ । गैर आवासीय नेपाली स‌ंघ (एनआरएनए) यूकेमा नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुले शपथ लिएका छन् ।

अल्डरसटको एम्पायर हलमा आइतबार साँझ आयोजित विशेष समारोहबीच निर्वाचन समितिका प्रमुख आयुक्त महेन्द्रराज कँडेलले अध्यक्ष प्रेम गाहामगरलगायतले पदाधिकारी तथा सदस्यहरुलाई शपथ खुवाएका छन् । बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीको प्रमुख आतिथ्यतामा भएको समारोहमा एनआरएनए यूकेको राष्ट्रिय समन्वय परिषद्‌का साथै चारवटै राज्य समन्वय परिषद्का पदाधिकारीले पनि शपथ लिएका छन् । शपथग्रहणपछि नवनिर्वाचित पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो ।

प्रमुख अतिथि राजदूत लोकदर्शन रेग्मीले एनआरएनए यूकेको नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिए । दूतावासले एनआरएनए यूकेसँग विगतका दिनमा गर्दै आएको सहकार्य आगामी दिनमा निरन्तर र थप बलियो बन्ने विश्वास व्यक्त गरे ।

एनआरएनए यूकेकी निवर्तमान समितिकी अध्यक्ष पुनम गुरुङले नयाँ कार्यसमितिलाई आफ्नो तर्फबाट पूर्णसाथ र सहयोगको प्रतिबद्धता व्यक्त गरिन् । समारोहमा एनआरएनए केन्द्रीय सल्लाहकार कुल आचार्य, केन्द्रीय सल्लाहकार एवम् निर्वाचन पर्यवेक्षक विश्वआदर्श पन्डित, पूर्व अध्यक्ष योगेन क्षेत्री, पूर्व अध्यक्ष एवम् निर्वाचन समिति संयोजक महेन्द्रराज कंडेल लगायतले पनि प्रेम गाहामगर नेतृत्वको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिएका थिए ।

निवर्तमान कार्यसमितिकी अध्यक्ष गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रमको पहिलो चरणमा अध्यक्ष पदकी प्रत्यासी रोजिना प्रधान राईले समेत नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिएकी थिइन् । कार्यक्रमको पहिलो चरण निवर्तमान महासचिव फडिन्द्र भट्टराईले संचालन गरेका थिए भने शपथ ग्रहणको सत्र निर्वाचन समितिका सदस्यसचिव कर्ण शाहीले संचालन गरेका थिए ।

किरात राई यायोक्खाकी अध्यक्ष कल्पना राई, जनजाति महासंघ यूकेका अध्यक्ष कर्मा पहाडी शेर्पा, नेप्लिज युथ यूकेका अध्यक्ष धिरज राई, एनआरएनए यूके पूर्वमहासचिवद्वय डा कृष्ण उपाध्याय र आरके त्रिपाठी, नवनिर्वाचित आइसीसी सदस्य राजेन्द्र पुडासैनीलगायतले नयाँ कार्यसमितिको कार्यसफलताको कामना गरेका थिए ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!