मोना यूकेलाई चौंथो अल्डरसट भलिबलको उपाधि

SHARE:

मनसुधन थापामगर
लन्डन साउन २५ । अल्डरसट भलिबल क्लबले आयोजना गरिएको चौथो पुरुष भलिबल प्रतियोगिताको उपाधि मोना भलिबल क्लब युकेले जितेको छ ।

अगस्ट ७ तारिख शनिबार अल्डरसटको Wellington statue ground मा भएको प्रतियोगितामा आयोजक अल्डरसट भलिबल क्लब उपविजेता र मोना भलिबल क्लब विजेता बन्‍न सफल भएका हुन् । विजेता समूहले १ हजार पाउन्ड र उपविजेता समूहले ६ सय पाउन्डसँगै ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गरे ।

यसैगरी म्यान अफ दि म्याच अल्डरसट क्लबका मनोज सुनार, वेस्ट स्पाईकर विशाल थापा, वेस्ट डिफेन्स तारा थापा बनेका थिए भने मोनाको टिमबाट जीवन साहीले वेस्ट प्लेयर र लुद्र रानाले वेस्ट लिफ्टरको उपाधि पाउन सफल भएका थिए । प्रतियोगिताका लागि बेलायतभरिबाट १३ टिमले भाग लिएका थिए ।

पुरस्कार वितरण तथा समापन समारोहमा प्रमुख अथिति Leader of a Rushmoor Borough council, Mr. David Clifford ले नेपाली युवा समुदायमा भलिबलको रुची बढी देखिएकोले अल्डरसटमा छिट्टै भलिबल ट्रेनिङ कोटको व्यवस्था काउन्सिलबाट गरिदिने वचन दिएका थिए । त्यसैगरी विशेष अतिथिहरु काउन्सिलर जिब बेल्वासे, काउन्सिलर प्रवेश केसी, तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङ, मगर संघ यूकेका उपाध्यक्ष लालु पुन, मगर संघ यूकेका महासचिव रुद्र थापा, मोना यूकेका अध्यक्ष दल जुग्जाली, पिपल मोर्गेजका प्रबन्ध निर्देशक सूर्य गुरुङ, NG hair and Beauty का प्रतिनिधि डा. बिशाल गुरुङ, अल्डरसटका युवा समाजसेवी राजन गुरुङ, क्लबका संस्थापक चन्दन गुरुङ, पूर्वअध्यक्ष डोल श्रीस, YBC cleaning company का संचालक योगेन छेत्री, एनआरएनए ईएससीसीका अध्यक्ष एलबिजेड गुरुङ, उपाध्यक्ष भक्त दर्जी, एनआरएनए यूकेका युवा संयोजक तथा मोनाका म्यानेजर अनिल मल्ल, चलचित्र कलाकार संघ यूकेका अध्यक्ष रोमियन लिम्बूलगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति थियो ।

हरेक वर्ष महिला तथा पुरुष भलिबल प्रतियोगिता गर्दैआएको भए तापनि गत वर्ष भने कोभिड-१९ को कारणले कुनै पनि कार्यक्रम गर्न नपाएको र यसपालीको प्रतियोगितामा कारणवश महिला भलिबल प्रतियोगिता नराखेको र आगामी प्रतियोगिताहरूबाट भने निरन्तरता दिने अल्डरसट भलिबल क्लबका अध्यक्ष स्वर्ग गुरुङले जानकारी गराएका छन् ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!