गोर्खाहरुको अधिकार प्राप्तिको लडाईंमा पत्रकार महासंघ यूकेले जनायो ऐक्यवद्धता 

SHARE:

लन्डन । समान अधिकारको मागसहित लन्डनमा भूतपूर्व गोर्खाहरुले जारी राखेको आन्दोलनमा बेलायतका पत्रकारहरुले पनि ऐक्यवद्धता जनाएका छन् ।  १० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री निवासबाहिर अमरण अनसनमा बसिरहेका गोर्खा सत्याग्रह संघर्ष समितिका अभियन्ताहरुलाई भेटेर पत्रकार महासंघ यूके शाखाका प्रतिनिधिहरुले ऐक्यवद्धता जनाएका हुन् ।  अध्यक्ष ध्रुवराज अर्याल, उपाध्यक्ष शिव भण्डारी, महासचिव नरेन्द्र बस्नेत तथा निवर्तमान अध्यक्ष नरेश खपांगीमगर मंगलबार दिउँसो अनसनस्थल पुगेका थिए । त्यसअवसरमा शाखाका अध्यक्ष ध्रुवराज अर्यालले गोर्खाहरुको समान अधिकार प्राप्तिको लडाईंमा शाखाको तर्फबाट पूर्ण साथ, समर्थन र ऐक्यवद्धता प्रकट गरे । ‘अब गोर्खाहरुको मुद्धा भूपू सैनिकहरुको मात्र रहेन । सिंगो नेपाल र सबै नेपालीसँग पनि जोडिएको यो मुद्धामा हामी पत्रकारहरुले पनि पूर्ण साथ, समर्थन र सहयोगको प्रतिवद्धता  जनाउन चाहन्छौँ’, अध्यक्ष अर्यालले भने । भूतपूर्व गोर्खाहरुको आन्दोलनका पक्षमा बेलायतस्थित नेपाली मिडियाका तर्फबाट निरन्तर सहयोगको प्रतिवद्धता उनले दोहोर्‍याए ।

आमरण अनसनमा बस्नेमध्येका एक अभियन्ता ज्ञानराज राईले गोर्खाहरुको अभियान सफलतामा पुग्न मिडिया क्षेत्रको भूमिका महत्वपूर्ण रहने धारणा राखे । आफूहरु अहिले अन्तिम चरणको संघर्षमा रहेको भन्दै उनले आन्दोलनको पक्षमा जनमत बनाउने कार्यमा मिडियाको सहयोग अपेक्षा गरेको बताए । गोर्खा सत्याग्रह संघर्ष समितिका ज्ञानराज राई, धन गुरुङ र पुष्पा घले राणासहितका तीन अभियन्ता गत शनिबारदेखि आमरण अनसनमा छन् । समितिका अनुसार अहिलेसम्म बेलायत सरकारले कुनै रेस्पोन्स गरेको छैन । १० डाउनिङ स्ट्रिटस्थित बेलायती प्रधानमन्त्री निवासबाहिर रहेको अनसनस्थलमा लगाइएको त्रिपाल मंगलबार बिहान बेलायती प्रहरीले हटाइदिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!