लन्डन साउन २९ । तेस्रो मोना भलिबल कप प्रतियोगता यही अगस्ट २८ तारिख २०२१ मा हुने भएको छ ।
म्याग्दी प्रवासी नेपाली संघ (मोना) को आयोजना र मोना भलिबल क्लब यूकेको संयोजकत्वमा प्रतियोगिता हुन लागेको हो । यसपालिको पुरस्कार राशि बढाइएको संस्थाका अध्यक्ष दल जुग्जालीले जानकारी दिए । उनका अनुसार पुरुष भलिबल प्रतियोगताको प्रथम पुरस्कार १५ सय पाउन्ड, महिला भलिबल प्रतियोगताको प्रथम पुरस्कार ६ सय ५० पाउन्ड र द्वितीय पुरस्कार ४ सय पाउन्ड रहेको छ ।
४० वर्षभन्दा माथिको उमेर समूहको प्रौढ भलिबल प्रतियोगिताको प्रथम पुरस्कार ८ पाउन्ड, द्वितीय पुरस्कार ४ सय पाउन्ड रहेको अध्यक्ष जुग्जालीले बताए । प्रतियोगितालाई भव्य र सभ्य रुपमा सफल पार्न बेलायतमा रहेका सम्पूर्ण भलिबल क्लबहरुलाई सहभागीका लागि आयोजकले अनुरोध गरेको छ ।
महिलातर्फ ७ टिम, पुरुषतर्फ १६ टिम र प्रौढतर्फ ९ टिम सहभागी हुने भलिबल क्लब यूकेका अध्यक्ष अनिल मल्लले जानकारी दिए ।
बेलायतमा छरिएर रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुलाई एक ठाउँमा उपस्थित गराई आपसमा परिचय गर्ने, आत्मीयता बढाउने, सहयोगी भावनाको विकास गर्ने, म्याग्दीको संस्कार, संस्कृतिको संरक्षण गर्ने, खेलको माध्यमबाट आफ्नो जन्मथलोको पहिचान राख्ने, प्रतिभावान खेलाडीहरुको क्षमता प्रदर्शन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो ।






