तमुधिं यूकेद्वारा राजदूत रेग्मी तथा राजदूतावास परिवारलाई स्वागत तथा सम्मान /नेपाली मेला २०२१ को धुमधाम तयारी

SHARE:

लन्डन साउन ३० । तमुधिं यूकेले बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी तथा राजदूतावास परिवारलाई स्वागत तथा सम्मान गरेको छ ।

शनिबार एक कार्यक्रमबीच राजदूत रेग्मीलगायतलाई तमुधिं यूकेका अध्यक्ष हित काजी गुरुङलगायतले भाङ्ग्रा, फेटा पुष्पगुच्छा लगाएर स्वागत, सम्मान गरेका हुन् । कार्यक्रममा पाइपरको धुनबाट स्वागत गरिएको थियो ।

यस्तै कार्यक्रममा स्वागत भाषण उपाध्यक्ष हरि गुरुङ, कार्यक्रम सञ्चालन महासचिव परशु गुरुङले गरेका थिए । त्यस अवसरमा गोर्खा कप भव्य रुपमा सफल गर्न सहयोग गर्नेहरु लन्डन इकाई र अध्यक्ष विष्णु गुरुङ/ उपाध्यक्ष भरत गुरुङ/ पूर्वअध्यक्ष चन्द्रबहादुर गुरुङ/ सल्लाहकार ललितमान गुरुङलाई पनि फेटा तथा खाता लगाएर सम्मान र आमा समूहलाई बधाई तथा सम्मान गरिएको थियो ।

गोर्खा कप भव्य रुपमा सफल गर्न सहयोग गरेकोमा संयोजक क्या. देव घले, मुख्यद्वारामा सहयोग गर्ने दक्षिण पूर्व लण्डन इकाई र इकाई अध्यक्ष ह्यारीलाई खाता र फेटाद्वरा सम्मान र बधाई दिइएको थियो ।कोषाध्यक्ष कमल गुरुङ ज्यू ले गोर्खा कपको सम्पूर्ण अयव्यय प्रस्तुत गर्नु भएको थियोl

कार्यक्रममा नेपाली मेला संयोजक एवं उपाध्यक्ष हरि गुरुङले नेपाली मेलाको सम्पूर्ण तयारी जानकारी गराएका थिए भने तमुधिं यूकेको आमा समूहको तर्फबाट अध्यक्ष हित काजी गुरुङ र सीता गुरुङलाई खाता भाङ्ग्रा लगाएर बधाई तथा शुभकामना दिइएको थियो ।

कार्यक्रममा राजदूत रेग्मीले तमुधिं र राजदूतावासको सहकार्यमा नेपालमा संस्कृति, संग्रहालयको जगेर्ना गर्ने, व्यापार प्रवर्द्धनमा जोड दिने, नेपालमा महिलाहरुको विकासमा जोड दिने, दुर्गमा क्षेत्रमा रहेको विद्यालयमा सहयोग गर्ने लगायत विचार राखेका थिए । अध्यक्ष हित काजी गुरुडले पनि राजदूत रेग्मीले देश सेवाका लागि राखेको प्रस्तावप्रति सहकार्य गर्न तयार रहेको बताएका थिए । साथै अध्यक्ष गुरुङले गोर्खा कप सफल पारिदिएकोमामा सबैलाई धन्यवाद दिँदै आउँदै गरेको नेपाली मेलामा निमन्त्रण गरेका थिए ।

हाल वेल्जियमा व्यवसाय गरिरहनु भएका हालै NRNA Belgium को उपाध्यक्ष पदमा निर्वाचित , तमु धी युकेकोआजीवन सदस्य लाल वहादुर गुरुङलाई तमु धी को तर्फ वाटबधाई तथा सम्मान गरेको थियो।

कार्यक्रममा पुर्व अध्यक्षज्यू हरु, आजीवन सदस्य,आमा टोली,सल्लाहकार र इकाईका सदस्यहरुरको बाक्लो उपस्थिति थियो । सयपत्री कल्चर सेन्टरबाट नाच प्रदर्शन गरिएको थियो । गोर्खा कपमा नाच प्रस्तुत गरेका सम्पुर्ण कलाकारहरु तथा सयपत्री ग्रुपलाई राजदूतको हातबाट सम्मान गरिएको थियो ।

समाचार र तस्बिरहरु : एकसे गुरुङ

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!