बिजिडब्लूएस सत्यग्रह आमरण अनसनका योद्धाहरुसँग भेटघाट

SHARE:

प्रकाश गुरुङ

लन्डन। १५ अगष्ट। ब्रिटिश गोर्खा वेलफेयर सोसाइटीका अध्यक्ष मेजर टिकेन्द्र दल देवान जे पी को नेतृत्वमा बिजिडव्लूएसको टोलीले लन्डन स्थित ब्रिटिश प्रधानमन्त्री कार्यालय बाहिर आमरण अनसन बसिरहेका ज्ञानराज राई, पुष्पा राना घले र धन बहादुर गुरुङलाई भेटेकाछन्। भुपू ब्रिटिश गोर्खाहरुलाई समान अधिकारको माग गरेको गत तीन दशक भैसक्दा पनि दुवै देशका सरकारले आलटाल गरेको र कहिले पनि सरकार बीच वार्ताको माहोल नबनेकाले गोर्खाहरु अन्तिम लडाईका लागि बाध्य भएर भोक हाडतालमा बसेको स्थिति छ। सत्र दिन रिले अनसन बसेर नौ दिन भोक हाडतालमा बसिसकेका तीनै जनाको शारिरिक स्थिति अति कम्जोरी भैसकेको देखियो।

पत्रकारहरुसँग छोटो कुराकानीमा अध्यक्ष देवानले माग पुराको कामाना गर्दै बेष्ट विसेस् भन्न आएका हौं। हामी सबैको अबजेटिभ एउटै हो। हामीले पनि वार्ताका लागि राजनितिक दबाब दिईरहेकाछौं। दुई दिन अगाडि बीबीसी रेडियो लन्डनमा बोल्द भेट्रेन मिनिष्टरले जवाफ नपठाएको कुरा जानकारी गराएको थिए। मिडियिले पनि सरकार पक्षको जवाफ खोजीरहेकोछ। संस्थाको तर्फबाट महासचीव क्षत्र राई, प्रेम बुरा, राष्ट्र राई, पदम राई, ओम थापा, टोप पाली, ज्ञानकाजी गुरुङ मेजर दिल कुमार राई हरि गुरुङ ओमेन्द्र गुरुङ, नगेन्द्रराज नेम्बाङ र अन्य सदस्यहरुको उपस्थिति रहेको थियो।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!