बीसीसी यूकेद्वारा ३ दिने समर क्याम्प संचालन

SHARE:

पूर्ण गुरुङ
लन्डन भदौ ६। बुद्धिष्ट कम्युनिटी सेन्टर (बीसीसी) यूकेले ३ दिने चिल्ड्रेन समर क्याम्प संचालन गरेको छ । गत १८, १९ र २० अगष्टका दिन बीसीसी यूकेको अल्डरसटस्थित बौद्ध गुम्बा परिसरमा चिल्ड्रेन समर क्याम्प संचालन भएको हो ।

विशेषगरी बेलायतमा रहेका नेपाली बालबालिकाहरुलाई बुद्धिजम, मेडिटेशन, योगा, दैनिक पूजापाठ, सामबुटा लिपी लगायतको विषयमा जानकारी गराउने उद्देश्यका साथ क्याम्प संचालन गरिएको हो । करिब २७ जना बालबालिकाहरुले भाग लिएको क्याम्पमा बीसीसी यूकेका धर्मगुरु खेन्पो कुन्ख्याप, से नाम्खा, काल्साङ्ग गुरु, लामा रिग्जेन, शारदा, अमोस, लारीलगायतले बालबालिकाहरुलाई विभिन्न विषयमा जानकारी गराएका थिए ।

यसैबीच बिसीसी यूकेका सल्लाहकार एवं समर क्याम्पका संयोजक मेजर खुशीमान गुरुङले आफ्ना नानीहरुलाई कार्यक्रममा सहभागी गराईदिएकोमा सम्पूर्ण अभिभावकहरुलाई आभार व्यक्त गरेका छन् । त्यस्तै, कार्यक्रम सफल बनाउन महत्वपूर्ण भूमिका खेलेका धर्मगुरुहरु, कार्यसमिति, आमाहरु, गुम्बा स्टाफ, सहभागी बालबालिकाहरु लगायतलाई समेत धन्यवाद ज्ञापन गरेका छन् ।

बीसीसी यूकेले उक्त ३ दिने समर क्याम्प संचालनबाट धेरै बालबालिकाहरुले बौद्ध दर्शन, मेडिटेशन, योगा लगायतको विषयमा जानकारी प्राप्त गरेको विश्वास व्यक्त गर्दै, अब छिट्टै प्रत्येक आइतबार नियमित रुपमा करिब २ घण्टा बालबालिकाहरुलाई बौद्ध दर्शनसंग सम्बन्धित कक्षा संचालन गर्ने जानकारी गराएको छ ।

बीसीसी यूकेका सल्लाहकार मेजर खुशीमान गुरुङको संयोजकत्वमा सम्पन्न भएको उक्त समर क्याम्पमा बालबालिकाहरुलाई मनोरञ्जनात्मक खेलसँगसँगै भोजनको समेत प्रबन्ध गरिएको थियो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!