
नेपाली मेला २०२१ को प्रेसमिट सम्पन्न
चिम्खोले काईला
बेलायत – आइतबार २२ अगस्तको दिन तमुधी युकेले नेपाली मेला २०२१ (१२औं) को प्रेसमिट सम्पन्न गरेको छ। नेपाली मेला २०२१ को तयारीको बारेमा जानकारी दिनको लागि तमुधी युकेले बेलायतबासी क्रियासिल संस्थाका पत्रकारहरुलाई आमन्त्रण गरि सो प्रेसमिट सपन्न गरेको हो। प्रेसमिटमा तमुधी युकेका बरिष्ठ उपाध्यक्ष तथा नेपाली मेला २०२१ का प्रमुख संयोजक हरि गुरुङले नेपाली मेला २०२१ सम्पूर्ण रुपले तयारी रहेको कुरा उपस्थित पत्रकारहरुलाई जानकारी दिएका थिए ।
बिगतमा हरेक बर्ष नेपाली दुतावास लन्डन र तमुधी युकेको सयुक्त सहकार्यमा संचालन हुने नेपाली मेला गत गर्ष कोभिड १९ को कारणले आयोजना भएको थिएन। नेपाली मेला बेलायतबासी नेपालीहरुको मुटुको धुकधुकी हो भन्दा फरक नपर्ला किनकि यस नेपाली मेलामा बेलायतबासी बिभिन्न जातजाति तथा बिभिन्न संघ संस्थाहरुले आ-आफ्नो मौलिक पहिचान बोकेका सांस्कृतिक झाँकी तथा नृत्यहरु प्रष्तुत गरिन्छ। जसले नेपालीहरुको भाषा, धर्म, संस्कृति र परम्परालाई जोगाइ राख्ने काम गरेको छ। नेपाली मेला २०२१ मा २० समुहले झाँकी र १६ समुहले नृत्य प्रष्तुत गर्ने प्रमुख संयोजक हरि गुरुङले जानकारी दिएका छन। झाँकी र नृत्यमा भाग लिनुहुने सम्पूर्ण समुहहरुलाई प्रमाण पत्रले सम्मान गरिने छ भने प्रथम र दोस्रो स्थान ओगट्न सक्न सफल समुहलाई क्रमश: £५०० र £३०० नगद पुरुष्कारद्वारा सम्मानित गरिने जानकारी दिएका थिए। यस बर्षको एम्ब्यासिडोर कपको लागि पुरुष्कार £३०० गैर आबशीय नेपाली संघ युकेले प्रायोजन गर्ने जानकारी मेला संयोजकले गराएका थिए। नेपाली मेलाको तयारीको बारेमा उपस्थित पत्रकारहरुले गरेको प्रश्नको जवाफमा संयोजक गुरुङ, अध्यक्ष लगायत सम्पूर्ण पदाधिकारीहरुले चित्त बुझ्दो उत्तर दिएका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघका नवनिर्वाचित अध्यक्ष ध्रुब्रराज अर्याल लगायत उपस्थित सम्पूर्ण पत्रकारहरुलाई तमुधि युकेका अध्यक्ष तथा सम्पूर्ण पदाधिकारीहरुले हार्दिक बधाई तथा स्वागत गरेका थिए। कार्यक्रममा सल्लाहकार क्याप्टेन चित्र गुरुङले नेपाली मेलाको सहयोगार्थ £३०० कोषाध्यक्ष कमल गुरुङलाई हस्तान्तरण गरेका थिए भने आमा समुहका महासचिब यसोदा गुरुङले तमुधि युके आमा समुह सम्पूर्ण रुपले नेपाली मेलाको लागि तयारी रहेको जानकारी दिएका थिए। संस्थाका निबर्तमान अध्यक्ष ज्ञाम गुरुङ र सल्लाहकार डेबिट गुरुङले बिगतका अनुभबहरुको जानकारी गराउदै भविष्यमा यस नेपाली मेलालाई कसरी बेलायतबासी नेपालीहरुको मन मुटुमा बसाउन सकिन्छ भन्ने बारेमा सल्लाह सुझाबहरु दिएका थिए।
तमुधी युकेका अध्यक्ष हितकाजी गुरुङले अध्याक्षता गरेको प्रेसमिट कार्यक्रममा संस्थाका महासचिब परशु गुरुङले कार्यक्रम संचालन गरेका थिए भने उपाध्यक्ष जुमकाजी गुरुङले स्वागत मन्तब्य दिएका थिए । प्रेस मिड़का संयोजक संस्थाका मिडिया सचिब सर्बिंद्र कुमार गुरुङले गरेका थिय भने कार्यक्रममा तमुधि युकेका निबर्तमान अध्यक्षहरु, पदादिकारीज्युहरु लगायत लब्ध प्रतिष्ठित व्यक्तिहरुको उपस्थिति रहेको थियो।







