लन्डन । किरात याक्थुङ चुम्लुङ ग्रेटर लन्डन सिनियर ब्रान्चको अधिबेषनले चन्द्र बहादुर लिङ्देनको अध्यक्षतामा नयाॅ कार्यसमिति चयन गरेको छ ।
बरिष्ठ उपाध्यक्ष कुलकेसर सेने, उपाध्यक्षहरु अनिला लाबुङ, बिजय पाहिम, सचिव पदम बहदुर फागो चोङ्बाङ, सहसचिव दिपेन्द्र लक्सम्बा, कोषाध्यक्ष मनि प्रसाद लिम्बु, सहकोषाध्यक्ष चन्द्र कुमार सन्योक, सदस्यहरु प्रभा खापोङ, सिता आङ्देम्बे, सुबित सम्बाहाङ्फे, उतर कुमार थोक्लुङ दिपेन्द्र लिबाङ र साङ्स्किती बिभागमा कला चेम्जोङ चयन भएका छन ।
किरात याक्थुङ चुम्लुङ युकेका बरिस्ठ उपाध्यक्ष नगेन्द्र राज नेम्बाङको प्रमुख आथित्यमा सम्पन्न अधिबेसनको पहिलो चरणमा अध्यक्ष पुर्ण बखिमले चार बर्से कार्यकाल मासङ्स्थाले गरेका कार्य प्रतिबेदन र कोशाध्यक्ष देव प्रकाश लिम्बुले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए ।
प्रतिबेदनलाई बैठकले उच्च सम्मानकासाथ ताली बजाइ पारित गरेका थिए । अध्यक्ष बखिम र प्रमुख अथिती नेम्बाङले अधिबेसनलाइ सम्बोघन मन्तब्य राखी धन्यबात का साथ कार्य समिती बिगठन गरेका थिए। बिगठनपश्चात निर्बाचन मन्डल अध्यक्ष पुर्ण फलेछ्वा र सचिव छत्रसिङ तेयुङ्ले सर्वसहमतीमा चुनिएका नया कार्य समितिको नामावली घोसणा गरेका थिए। नया कार्यसमितिलाइ प्रमुख अथिती नेम्बाङ्ले सफल कार्यकालको सुभ कामना मन्तब्य राख्दै बिगठित कार्यसमितिलाइ धन्यबात दिएका थिए ।
प्रमुख अथिती नेम्बाङ्ले मन्तब्यको क्रममा अगामी सेप्टेम्बर महिनामा हुन लागेको केन्द्रको अधिबेसनमा अध्यक्ष पदमा उमेद्वार दिने सर्बजनिक गरेका थिए । पुर्ण बखिमको अध्यक्षतामा सम्पन्न अधिबेसन केन्द्रीय सदस्य राम कुमार इजमले सन्चालन गरेका थिए।







