पत्रकार महासंघ यूके अध्यक्षमा अर्याल नै आधिकारिक

SHARE:

लण्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाको अध्यक्षमा ध्रुवराज अर्याल नै आधिकारिक रहेको नेपाल पत्रकार महासंघ केन्द्रले स्पष्ट पारेको छ ।

स्वघोषित अध्यक्षको दावी गर्दै विपिन निरौलाको समूहले समाजमा भ्रम र द्विविधा उत्पन्न गराइरहेका बेला नेपाल पत्रकार महासंघले दूतावासलाई एक पत्र लेख्दै शाखाको आधिकारिक अध्यक्ष ध्रुवराज अर्याल रहेको प्रष्ट पारेको हो ।

महासंघका महासचिव रोसन पुरीले बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मीलाई पठाएको पत्रमा भनिएको छ – ‘नेपाल पत्रकार महासंघको नेपाल लगायत विदेशमा समेत शाखा गठन भई महासंघको विधानबमोजिम सांगठनिक गतिविधिहरु संचालन हुँदै आइरहेको छ । सोही क्रममा २०७८ जेठ ३० (जुन १३, २०२१) मा महासंघ बेलायत शाखाको अधिवेशन सम्पन्न भई ध्रुवराज अर्यालको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएको जानकारी गराउँदछु । र, सोही कार्यसमिति महासंघको आधिकारिक कार्यसमिति रहेको ब्यहोरा अनुरोध गर्दछु ।’

नेपाल पत्रकार महासंघ यूके शाखाको लेटरप्याडसमेत दुरुपयोग गरि आफूलाई अध्यक्षको दावी गर्दै निरौलाले दूतावासमासमेत दवाव दिंदै आएपछि केन्द्रले सोझै दूतावासलाई पत्र पठाएको हो ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!