बेलायतद्वारा अफगानिस्तानबाट बीस वर्षपछि आफ्ना सैनिक फिर्ता

SHARE:

लण्डन भदौ १३ ।

 

बेलायतले बीस वर्षपछि अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता लगेको छ ।

यसका साथै अफगानिस्तानबाट आफ्ना नागरिक उद्धार गर्ने कार्यलाई पनि समापन गरेको छ । अगष्ट १५ मा तालिवानले अफगानिस्तानको राजधानी काबुलमा कब्जा जमाएसँगै बेलायतले अफगानिस्तानबाट आफ्ना नागरिक तथा बेलायती सैनिकलाई सहयोग गर्ने अफगान नागरिकहरुलाई उद्धार कार्यलाई तीव्र बनाएको थियो ।

सो क्रममा करिब १५ हजार मानिसलाई उद्धार गरिएको बताइएको छ । जसमा ५ हजार बेलायती नागरिक र उनका परिवार, ८ हजार अफगान नागरिक र २ हजार २०० बालबालिका छन् । बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बेलायती सैनिकहरुलाई पत्र लेख्दै आफ्नो भूमिकाका लागि उनीहरुले गौरव गर्नुपर्ने बताएका छन् ।

सेप्टेम्बर ११ को आतंकवादी हमला पछि सन् २००१ मा बेलायती सैनिक अन्तर्राष्ट्रिय सैनिक टोलीसँग अफगानिस्तान प्रवेश गरेको थियो । २० वर्षको अवधिमा ४५७ जना बेलायती सैनिकको ज्यान गएको थियो । बेलायती रक्षा मन्त्री बेन बालिसले करिब १०० देखि १५० बेलायती नागरिक अझै अफगानिस्तानमा रहेको बताएका छन् । जसमध्ये केही स्वेच्छाले अफगानिस्तानमा रहेको उनको दाबी छ । यस्तै बेलायत सरकारले उद्धार गर्न बनाएको मापदण्डभित्र परेका करिब ८०० देखि ११०० अफगान नागरिक पनि अफगानिस्तानमा रहेको उनले बताए ।

बेलायतले अफगानिस्तानमा रहेको दुताबास पनि बन्द गरेको छ । अफगानिस्तानका लागि अन्तिम बेलायती राजदुत सर लाउरियर ब्रिष्टोले दुताबास बन्द गर्नु परे पनि बाँकी रहेका बेलायतीहरुलाई गर्नुपर्ने कर्तव्य पूरा गर्ने बताएका छन् । अन्तर्राष्ट्रिय सैन्य टोलीको नेतृत्व गरेको अमेरिकाले पनि अगष्ट ३१मा आफ्ना सैनिक फिर्ता लैजाँदैछ ।

SHARE:

हाम्रो टीम

Mr. Nagendra

Nagendra Nembang

Managing Director

SK Grg

Mr. SK Gurung

Editor in Chief Head

Ms. Jamuna Pun

Associate Editor

संबन्धित समाचारहरू

ताजा अपडेट

error: Content is protected !!